परासी, पुष ८ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १८ पण्डितपुरमा गरिएको उत्खन्नमा प्राचीन भग्नावशेष तथा चक्राकार सहर भेटिएको छ । जहाँ बुद्धदेखि मुस्लिमकाल सम्मको ईतिहास रहेको छ ।
उत्खन्नमा कोलिय गणराज्यका विभिन्न सहरहरु मध्ये एक महत्वपुर्ण सहरको तथ्य भेटिएको पुरातत्व विभागका पुरातत्व शाखा प्रमुख एवं पुरातत्वविद्ध भााष्कर ज्ञवालीले बताउनु भएको छ । त्यस क्षेत्रमा बुद्धकालीन संरचनाहरु भेटिएको भाष्कर बताउनु भयो । उहाँले भन्नु भयो, “आव ०७५÷०७६ मा गरिएको जियोफिजिक्स सर्भेमा (भु–भौतिक अध्ययन) देखिएका भग्नावशेषहरु पुष्टी गर्नका लागि अहिले एकमहिना सम्म उत्खन्न तथा अध्ययन गर्ने कार्य भएको हो ।” कोलिय गणराज्यको विभिन्न ठाउँमा फैलिएको सहरहरु मध्ययेको सहर पण्डितपुर पनि हो । पण्डितपुर ऐतिहासिक तथा पुरातात्विक स्थल हो । पुरातत्व विभागले पण्डितपुरमा करिब एक महिना सम्म गरेको विभिन्न चार ठाउँको उत्खननमा बुद्धकालिन महत्वपूर्ण प्रमाणहरु भेटिएको पुरातत्वविद्ध ज्ञवालीले भन्नु भएको छ ।
दुई ठाँउ उत्खन्नको प्रमुख उद्देश्य भु–भौतिक अध्ययनमा देखिकाएको पर्खाल संरचनाहरु उद्धगार (प्रमाणित) गर्ने थियो । भने एक ठाउँमा तिन मिटर गहिरो खाडल खनेरे साँस्कृतिक इतिहास अध्ययन गर्दा बुद्ध, मौर्यकाल समयदेखि मुस्लिमकाल सम्मको बसोबास भएको प्रमाण भेटिएको छ । यस्तै अर्को ठाँउमा गरिएको उत्खन्नमा सेन्टरी पोष्ट (प्रहरीले पहार दिने ठाँउ) जस्तो भग्नावशेष फेला परेको उहाँले बताउनु भएको छ । उत्खननको क्रममा पर्खालको संरचना सहित माटाका भाडाहरु, जनावरका मुर्ति, गरगहना लगायतका पुरातात्वि समाग्री फेला परेको पुरातत्त्वविद् भाष्कर ज्ञवालीले भन्नु भएको छ ।
हाल पण्डितपुरमा पुर्व–पश्चिम र उतर–दक्षिणमा एकएक हजार मिटर कुनैपनि संरचना निर्माण नगर्न ज्ञवालीले भन्नु भएको छ । यस्तै उक्त क्षेत्रमा नापी नक्सा गरेर निजि र सार्वजनिक जग्गा समेत छुट्याउन भन्नुभयो ।