काठमाडौँ, कात्तिक २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी कार्यालयबाट पक्राउ पर्नुभएका पार्टी सभापति रवि लामिछानेलाई पोखरा लगिएको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरेर लामिछानेलाई पोखरा लगेको हो। उहाँसँगै केही नेतासमेत अर्को गाडीमा पोखरा गएका छन्। पार्टी कार्यालयमा भेला भएका कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरे लगत्तै प्रहरीले लामिछानेलाई पोखरा लगेको हो।
सभापति लामिछाने पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित शुभेच्छुक र कार्यकर्तालाई सम्बोधन गर्दै सभापति रवि लामिछाने आफू छानबिनमा सघाउन जहिले पनि तयार रहेको बताउनुभएको छ। लामिछानेले आफूले यसअघि पनि यसखाले चुनौतीको सामना गर्नुपरेको भन्नुहुँदै सो कुरा बताउनुभएको हो। गाेरखापत्र