Wednesday, October 9, 2024
घरराजनीतिनेसपा सहअध्यक्ष श्रेष्ठ भन्छन्–हामीलाई थाहा नदिई समाजवादी मोर्चा घोषणा गरियो

नेसपा सहअध्यक्ष श्रेष्ठ भन्छन्–हामीलाई थाहा नदिई समाजवादी मोर्चा घोषणा गरियो

- Advertisement -spot_img

काठमाडौँ,०५ असार । नेपाल समाजवादी पार्टी (नेसपा)का सहअध्यक्ष तथा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले आफूहरूलाई थाहा नदिईकनै समाजवादी मोर्चा घोषणा गरिएको बताएका छन् । मंगलबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सहअध्यक्ष श्रेष्ठले नेपाल समाजवादी पार्टीलाई थाहा नै नदिईकन समाजवादी मोर्चा नेपालको घोषणा भएको बताएका हुन् ।

मोर्चा निर्माणको लागि विगतमा आफ्नो पार्टीसँग पनि छलफल चलेको भएपनि निर्णायक बेलामा आफूहरूलाई खबर नभएको बताए ।   सहअध्यक्ष श्रेष्ठले केही दिनअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईका बीचमा तत्काल समाजवादी मोर्चा गठन नहुने र गर्दा सल्लाहमै गर्ने सहमति भएपनि अचानक घोषणा हुनुले आश्चर्य लागेको बताए ।  सहअध्यक्ष श्रेष्ठले समाजवादी मोर्चा नेपालले देशलाई समाजवादी बनाउन कामयावि हुन्छ अथवा सत्ता समीकरणमा मात्रै रुमल्लिन्छ भन्ने प्रश्न उब्जिएको बताए । उनले साँचो अर्थमा समाजवाद निर्माण गर्ने उद्देश्यले मोर्चा बनेको भए आफ्नो पार्टीपनि त्यसमा सहभागी हुने बताए । सत्ता समीकरणका लागि अंक गणितीय दाउपेचमा मोर्चा बनेको हो भने मोर्चा बारे सोच्नुपर्ने उनले बताए । 

सहअध्यक्ष श्रेष्ठले नेपाल समाजवादी पार्टी मोर्चामा सहभागी नहुनुले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असर नपार्ने बताए । उनले राजनीतिक एजेण्डा, मुद्दा, विचारका आधारमा दुई पार्टीको बीचमा एकता हुने उल्लेख गरे । समाजवादी मोर्चामा सँगै नभएका कारण प्रधानमन्त्री दाहाल र बाबुरामको सम्बन्ध नबिग्रिएको उनको भनाई छ । 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्