काठमान्डाैं, असार १९ । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ)सहित १० वटा भ्रातृ संस्थाहरूको म्याद थप गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाहरूको म्याद थप गर्ने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी विज्ञप्तिमा महाधिवेशन सम्पन्न नगरेका भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन फरक भ्रातृ संघका लागि अधिकारसम्पन्न फरक/फरक निर्देशक समिति गठन गर्ने निर्णय भएको जनाइएको छ ।
नेविसंघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघको म्याद थपिएको हो ।
निर्देशक समितिहरूलाई २०८१ चैत मसान्तसम्म अनिवार्य रूपमा भ्रातृ संस्थाको महाधिवेशन गर्न कांग्रेसले निर्देशन दिएको छ । शिलापत्र