प्रकाश न्यौपाने, परासी भदौ १८ । आज नेपालले भारत संग एसिया कप क्रिकेट २०२३ को दोस्रो खेल खेल्दै । श्रीलंका र पाकिस्तानमा संयुक्त रुपमा जारी १६औं संस्करणको एसिया कपमा नेपालले आज विश्व क्रिकेटको हस्ती भारतसँग खेल्न लागेको हो ।नेपाल भारत विच हुने उक्त खेल हेर्नको लागि पश्चिम नवलपरासीमा एक विद्यालयले विदा दिएको छ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ४ मा रहेको महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयले नेपाल र भारत बीचको हुने एसिया कप प्रतियोगिता हेर्नका लागि पठनपाठन बन्द हुने सूचना जारि गरेकाे छ ।
विधालयका प्रानाध्यापक खेमलाल शर्माले एक सुचना जारि गर्दै एसिया कप क्रिकेट खेल अन्तर्गत भोलि ( सोमबार)१८ गते दिउँसो ३ बजेबाट हुने नेपाल भारतको एतिहासिक खेल हेर्न बिदा दिइएको बताए । क्रिकेट खेल र खेलाडीको समान गर्दै विद्यार्थी तथा शिक्षकका लागि दिउसो २ बजे देखि बिधालयमा पठनपाठन बन्द गरेर दिउसाे देखि विदा दिएको शर्माले जानकारी दिए ।
गत शनिवार भारत पाकिस्तान विच भएको खेल वर्षाको कारण रद्ध भएको थियो । समुह चरणको खेलमा भारतले पहिलो ईनिगंको व्याटिगं गर्दै पाकिस्तानलाई २ सय ६७ रनको लक्ष्य दिएको थियो । तर लगातार वर्षाको कारण उक्त खेल रद्ध गरिएको थियो । भारत पाकिस्तानको खेल रद्ध भए लग्तै नेपालको लागि एक अवसर प्राप्त भएको छ । आजको खेलमा नेपालले भारतलाई हरायो भने उक्त समुह बाट भारत वाहिरिने छ ।