Thursday, January 16, 2025
घरअर्थनेपालमा सम्भावना नै सम्भावना छः अध्यक्ष ढकाल

नेपालमा सम्भावना नै सम्भावना छः अध्यक्ष ढकाल

- Advertisement -spot_img

काठमान्डाैं, भदाैं १४ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाौंमा आयोजित एक कार्यक्रममा बोल्द उहाँले नेपाल लगानीका लागि सम्भावना नै सम्भावना भएको देश रहेको बताउनुभएको हो । उहाँले अहिले नेपालमा केही पनि सम्भावना नै छैन भन्ने भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य सही नभएको बताउनु भयो । उहाँले नेपालमा केही पनि सम्भावना नभएको भए आफू जस्तो सामान्य व्यक्ति उद्योग वाणिज्य महासंघको नेतृत्वसम्म नआइपुग्ने बताउनु भयो । उहाँले अहिले नेपाल बाहिर रहेका नेपालीहरुले नेपालमा कुनै अवसर नरहेको, सबै नराम्रो रहेको भन्ने सोचलाई मात्रै बढी प्रश्रय दिइरहेको बताउनु भयो । उहाँले आम नागरिकहरुलाई विश्वासमा लिएर अघि बढ्नसके नेपालमा प्रचुर सम्भावना रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अहिले एउटा भाष्य बनाइएको छ, नेपालमा केही सम्भावना पनि छैन, यहाँको मान्छे पनि राम्रो छैन । हरेक हिसावले नेगेटिभ हिसावको मात्रै सोचाई छ । बाहिर बस्ने नेपालीहरु नेपालका मान्छे नराम्रो, नेपालमा अवसर छैन, उहाँहरुले नेपाल हरेक हिसावले नकारात्मकता छ । सामाजिक सञ्जालको कारणले पनि त्यो सोच भएको हो की जस्तो लाग्छ । तर वास्तविकता त्यो होइन । नेपालमा अवसर छैन, थिएन, नेपालमा सम्भावना नभएको भए हामी जस्तो केही पनि नभएको व्यक्ति निजी क्षेत्रको छाता संगठनको जिम्मेवारी लिन असम्भव थियो । नेपालमा जता हे¥यो त्यतै अवसर छ । जहाँ हे¥यो हो त्यहीँ छ । कोरोनाका कारण जुन संकुचन आयो, यही बीचमा उद्योगा वाणिज्य महासंघको जिम्मेवारी सम्हालेको हो । हरेक ठाउँमा निराशा थियो, आम नागरिकलाई विश्वासमा लिन जरुरी छ । यसबीचमा यसको लागि हामीले करिव डेढ वर्ष भयो, यो बीचमा त्यो आम्तविश्वास दिलाउन निजी क्षेत्रको तर्फबाट पहल गरेका छौँ ।’ 

अध्यक्ष ढकालले लगानीको वातावरण नै छैन, कानूनहरु नै ठिक छैन मात्रै भन्ने र संशोधनतिर नजाने हो भने कहिले पनि राम्रो वातावरण बनाउन नसकिने उल्लेख गर्नुभयो । —न्युज एजेन्सी नेपाल 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्