Thursday, December 11, 2025

नेपालगन्ज उडेको बुद्ध एअरको जहाज अवतरण नगरी काठमाडौँ फर्कियो

नेपालगन्ज, मङ्सिर ६ गते । काठमाडौँबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान मौसम खराबीका कारण अवतरण नगरी पुनः काठमाडौँ फर्किएको छ । 

बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहले दिएकाे जानकारी अनुसार बुधवार बिहान काठमाडौँबाट बुधवार बिहान करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान मौसम खराबीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर काठमाडौँ फर्किएको हो । 

उनले नेपालगन्ज विमानस्थलमा हुस्सु लागेकोले विमान अवतरण गर्न नसक्ने देखिएपछि पुन काठमाडौँ फर्काइएको जनाउँदै सो बिमा काठमाडौँ विमानस्थलमा अवतरण गरिसकेको र इन्धन भरेर पुनः नेपालगन्ज उड्ने तयारीमा रहेको बताए । 

नेपालगन्ज विमानस्थलको मौसम ठिक भएपछि बिहान साढे नौ बजे मात्र खुला भएको जनाउँदै बुद्ध एअर नेपालगन्जले आगामी उडानहरू नियमित समयमा हुने जनाएको छ । गाेरखापत्र दैनिक अनलाइन

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार