Thursday, January 16, 2025
घरराजनीतिनेपाल सबैको लागि उर्वर छ, सबै फुल्न पाउँछन् राष्ट्रि सभा अध्यक्षः तिमिलसिना

नेपाल सबैको लागि उर्वर छ, सबै फुल्न पाउँछन् राष्ट्रि सभा अध्यक्षः तिमिलसिना

- Advertisement -spot_img

परासी ६ असोज । राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिलसिनाले नेपालको भुमि सबैको लागि उर्वर रहेको बताउनु भएको छ । उहाँले नेपाल उर्वर भुमि भएकै कारण सबै जातजाती र धर्महरु को फुल्न पाउने अधिकार रहेको बताउनु भएको छ ।

पश्चिम नवलपरासीको परासीमा आयोजित राष्ट्रिय एकता सम्मेलन कार्यक्रमा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिलसिनाले नेपालमा कुनै पनि जातजाति तथा धर्मलाई दबाएर राखिएको छैन् भन्नुभएको छ । आफ्नो मौलिक धर्म संस्कृति लाई बचाउन सबै लाग्नु पर्छ उहाँको भनाई छ । नेपाल एक यस्तो फुलबारी हो जहाँ सबै प्रकारको फुलहरु फुल्छन् । कुनै पनि धर्ममा हुने कुरिति तथा भेदभावहरु लाई हामिलाई माथि बाटै हाम्रा भगवान सिकाएर पठाएको हाईन । धर्मको नाममा हुने कुरिति तथा भेदभावलाई सबै मिलेर अन्तय गर्नुपर्छ उहाँको भनाई छ । नेपालमा पनि कतै–कतै धर्मका नाम द्धन्द्ध हुने अवस्था देखियो तर त्यसो हुननदिन सबैले आ–आफ्नो ठाँउ बाट भुमिका निर्वाह गर्न जरुरि रहेको छ । नेपाल एक सुन्दर र एकताको बगैचा हो यसलाई कायम राखिरहन सबै लाग्न आवश्यक रहेको अध्यक्ष तिमिलसिनाले भन्नु भयो । सबै धर्मको आस्थाको आधारमा अगाडि बढनुपर्छ नकि एकले अर्कालाई हेला गर्ने, दबाउने वा अशिक्षा, गरिबिको नाममा कसैको आस्थालाई परिवर्तन गराउने काम गर्नु भएन । सबैको सम्मान, इज्जत र कदर गर्नुपर्छ उहाँले भन्नु भयो । राष्ट्रिय एकता सम्मेलन कार्यक्रम आयोजना गरेको ओलमा काउन्सील नेपाललाई अध्यक्ष तिमिलसिनाले महिलाको पनि सहभागिता गराउन आवश्यक रहेको भन्नु भयो ।

धार्मिक एकता तथा राष्ट्रिय एकता कायम राख्नको लागि सबै धर्मका गुरुहरु लाई कार्यक्रममा बोलाईएको थियो । यस्तै एकता तथा शान्तीको सन्देश दिनको लागि परेवाहरु उडाईएको थियो । खासगरि उक्त कार्यक्रमका लागि आउनु भएको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसिनाले सुस्ताको झुलङ्गे पुलको पनि आवलोकन गर्नु भएको छ ।

नेपाल र भारत विचको भुमि विवाद हुने ठाँउ सुस्तामा पुग्नको लागि नरायणी नदिमा झुलङ्गे पुल बन्दैछ उक्त काम के कतिको गतिमा भईरहेको छ भन्ने वारे अवलोकन गर्न अध्यक्ष तिमिलसिनाले सुस्ता गाउँपालिकाको वडा नं. ५ स्थित नरायणी नदिको तिर (सुस्ता) मा पुगेर पुलको अवलोकन गर्नु भएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्