Thursday, December 5, 2024
घरखेलकूदनेपालकाे लगातार दोस्रो जित, फाइनल नजिक

नेपालकाे लगातार दोस्रो जित, फाइनल नजिक

- Advertisement -spot_img

काठमाडौं, कात्तिक २ गते । त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले बिहीबार हङकङलाई छ विकेटले हराएर लगातार दोस्रो जित हात पारेको छ ।

विश्वकप टि–२० छनोटको तयारीअनुरुप यो शृङ्खला भइरहेको छ । नेपालले एक दिनअघि पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)लाई सात विकेटले पराजित गरेको थियो । यस नतिजासँगै नेपाल फाइनल नजिक पुगेको छ । नेपालले अब शनिबार पुनः हङकङ र सोमबार युएइविरुद्ध खेल्नेछ । तीनै टिमले एकअर्काविरुद्ध दुई पटक खेलेपछि शीर्ष दुई टिमबीच अक्टोबर २७ मा फाइनल हुनेछ ।

मूलपानी क्रिकेट मैदान (माथिल्लो)मा टस हारेपछि पहिले ब्याटिङ गरेको भ्रमणकारी टिम हङकङ १९.३ ओभरमा ९४ रनमै अलआउट भएको थियो । नेपालले सामान्य लक्ष्य १३.५ ओभरमा नै चार विकेटको क्षतिमा ९९ रन बनाएर हासिल गर्‍य ाे ।

रोहित २० बलमा दुई छक्का र एक चौकासहित २५ रन बनाएर अविजित रहे । रोहितसँगै अलराउन्डर गुलसन झा पाँच बलमा दुई छक्कासहित १५ रन बनाएर । प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले सबैभन्दा बढी ४२ रन बनाए । ३४ बलको सामना गर्ने आसिफको पालिमा छ चौका सामेल थियो ।

करण म्यान अफ दि म्याच
नेपालको तेज बलर करण केसीले हङकङको पारिलाई ध्वस्त पार्ने काम गरे । करणले चार ओभरमा मात्र १५ रन खर्चेर चार विकेट लिए । नेपालका तेज बलरहरुले मिलेर कुल आठ विकेट लिए । सोमपाल कामी र अविनाश बोहराले दुई–दुई विकेट लिए । स्पीनरद्वय कुशल मल्ल र मौसम ढकालले पनि एक–एक विकेट लिए । खेलमा करण केसी म्यान अफ दि म्याच बने ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्