Saturday, July 13, 2024
घरअन्तर्वार्तानेतृत्व पङ्तीले इतिहासबाट पाठ सिकौं

नेतृत्व पङ्तीले इतिहासबाट पाठ सिकौं

- Advertisement -spot_img

नेतृत्व पङ्तीमा देश प्रेम भएन भने मुलुकले कहिले प्रगति गर्न सक्दैन् । आजको राजनीतिक अबस्था त्यस्तै देखिदै छ । नेतृत्व पङ्ती व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न सकेनन् । बरु बहुदलिय ब्यबस्थाको अन्तिम पराकाष्ट प्रस्तुत गरिरहेका छन्। जनतामा नेतृत्व प्रति विश्वास नै देखिदैन् । सायद गत निर्वाचनको मत परिणाम अनुरुप जनताले वैैकल्पिक राजनीतिक शक्ति केन्द्र तर्फ आकर्षित हुनु एउटा असल उदाहरण । भारतको दिल्ली लगायत केही स्टेटमा आम आदमी पार्टीले जनताको विश्वास जित्नाले पुराना पार्टी लागापाखा लागेका छन् । नेपालमा पनि यस्तो अवस्थाको सुरुवात भैसकेको छ ।

तर मुल कुरा यो होईन । लोकतन्त्र मा पार्टी खोल्ने, राजनीतिक अधिकार प्रयोग गर्ने सबैलाई छुट छ तर देश प्रति सच्चा प्रेम छ वा छैन भन्ने कुरा हो । अहिले देश प्रति नेतृत्व गम्भीर भएको देखिदैँन् । फलस्वरुप देश कमजोर बन्दै गएको छ । हिजो राजाहरुको पालामा देशको सवाभिमान, प्रतिष्ठा व्यापक थियो । बहुदल पछि एका एक राजनीतिक, सामाजिक र सांस्कृतिक हैसियत खस्किएका छन् । नेपाली कांग्रेसका संस्थापक नेता बि.पी कोईराला देश निर्माण कै लागि राष्ट्रिय मेलमिलाको नीति लिएर देश फर्किएका थिए । त्यसले राष्ट्रिय एकताको सन्र्दभमामा उभार ल्याएको थियो ।

राजा महेन्द्र अमेरिका भ्रमणमा जाँदा आइजन आवरले भब्य स्वागत गरेको कुरा ऋषिकेश शाहले उल्लेख गरेका छन् । बिरेन्द्रको बेलायत भ्रमण पनि प्रंशसा गर्न लायक थियो । नेपाली शासकलाई मानमर्यादाका साथ हेर्ने गर्थे तर आजकल एउटा उपसचिव लेवलको मान्छेले नेपालको प्रधानमन्त्रीलाई टेर्दैन । हामी मा अतिथी देवो भव भन्ने संस्कारमा लोप हुँदै गएको छ । हाम्रा नैतिक र मौलिक संस्कार दुषित हुँदै गएका छन । आर्थिक, सामाजिक र राजनीतिक सम्बन्धमा समेत वैमनुष्यता उत्पन्न भएको छ । नारामा सिमित भएको राष्ट्रवादले परिणाम दिनुको साटो उल्टै मत भिन्नता पैदा गरिरहेको छ ।

नेपाली समाजमा एउटा उखान निकै प्रचलित छ । “नपाउने ले केरा पायो, बोक्रा सित खायो” वास्तवमा बहुदलवादीहरुले प्रजातन्त्र त पाए तर प्रजातान्त्रिक मुल्यमान्यतालाई धुस्न पार्ने काम गरे । जसका कारण देश प्रतिको जिम्वेवारी, देश प्रतिको सच्चा प्रेम दिल्ली, बेजिङ, वासिङटन र ब्रसेल्समा लगेर बुझाइयो । देशका प्राकृतिक श्रोत साधन भरपुर प्रयोग गरेर देश र जनतालाई सुख दिनु पर्नेमा जनतालाई र देशलाई बैदेशिक ऋणको चङगुलमा फसाए । अहिले अर्थतन्त्र डामाडोल भो भनेर चिच्चाईरहेका छन् हुटिट्याउहरु । वास्तवमा वाँदरले आफ्नो घर पनि बनाउँदैन अरुको पनि बन्न दिदैन भन्ने उखान बहुदलियाहरुले शिद्ध गरेका छन ।

विकासको जग बसाउने राजा महेन्द्र माथि कमिसनखोर धुन्धकारीहरुले प्रजातन्त्रको नाममा बहुलठ्ठी तर्क गर्ने गरेका छन् तर निर्देशित प्रजातन्त्र र आधारभुत प्रजातन्त्र जस्तो राजनीतिक प्रणाली स्थापित गरेको कुरा सुर्य बहादुर थापाले आफ्नो जिवनीमा प्रष्ट पारेका छन । यहाँ राजतन्त्र ठिक वा बेठिक अथवा गणतन्त्र ठिक की बेठिक भन्ने विषयमा विबेचना गर्न खोजिएको होइन बरु शासक अथवा नेतृत्व कति जिम्वेवार छ वा थियो भन्ने कुरा हो । निश्चय पनि नेपाल जस्तो भुसामरिक र भु–राजनीतिले जेलिएको क्षेत्रमा पुर्ण प्रजातान्त्रिक स्वतन्त्रता फलदाही हुन नसेकोको कुरा तपाई हामी सबैका अगाढि छर्लङ्ग छ । संयमित र उत्तरदायित्व वहन लोकतन्त्र अर्को बिकल्प भने हुन सक्दछ ।

शासन प्रणालीमा बहस त हुन खोज्दैछ तर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति तिर जाने सुर चाही ठुला राजनीतिक दलको देखिदैँन । एक प्रकारले भन्ने हो भने मुलुक कता जाँदै छ भनेर दिशा पत्ता लाउन गाह्रो छ । संसदमा रडाको मच्चेको मच्ची छ तर स्थायी सरकार बन्ने लक्षण भने देखिदैन हुन त काले काले मिलेर खाउँ भाले जस्तै संसदको प्रवृत्ति छ । प्रदेश सरकार माथि प्रदेशको औचित्य माथि प्रश्न उठाईरहेका छन् । स्थानीय सरकार गाउँगाउँमा सिंहदरवारका नाममा केन्द्रिय नेताको भारदार बनीरहेका छन । जनताका कर र पसिना भ्रष्टचारमा मिलान भएका छन । कर्मचारी राज्यको ढुकुटी माथि मनमर्जी गरिरहेका छन । लोकसेवा र सरकारी सेवाको नाममा आर्थिक चलखेल गर्ने हेतु आरक्षणवादको नाममा निर्वाचित भएका जनप्रतिनीधीलाई गुमराहमा पारी बजेट गुटमुटाई रहेका छन ।

कसले गर्ने देशको चिन्ता ? यहाँ दलको मात्र चिन्ता छ । देशको राष्ट्रियता, अखण्डता र सारभौमिकता प्रति नेतृत्वको चिन्ता नै छैन् । अवान्छित महत्वकांक्षा र सत्तालुप्त हुने ब्यक्तिबाट मुलुक बन्दैन । मुलुकको संवेदनशिलता र राष्ट्रप्रेमको भावले मात्र मुलुक समृद्ध हुन सक्दछ । जिम्वेवारी, कर्तब्यबोध र उत्तरदायित्व वहनले मात्र राष्ट्रको शिर उचाईमा पुग्दछ । नेतृत्वले बिगतका उपलब्धिबाट शिक्षा आर्जन गरी मन, वचन र कर्मले देश निर्माणको प्रक्रियामा जोडिदै देशको परिचय संसारभर चिनाउन सक्यौ भने मात्र ईतिहासलाई जितेको अर्को नविनतम इतिहास श्रृजना हुन सक्दछ । तदअनरुपको अर्जुन लक्ष्य सबै देश भक्तले राखौं ।

                                                  
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
[td_block_social_counter facebook="#" manual_count_facebook="16985" manual_count_twitter="2458" twitter="#" youtube="#" manual_count_youtube="61453" style="style3 td-social-colored" f_counters_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_network_font_weight="700" f_btn_font_family="eyJhbGwiOiI0NTAiLCJwaG9uZSI6IjY4NSJ9" f_btn_font_weight="700" tdc_css="eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjMwIiwiZGlzcGxheSI6IiJ9fQ=="]
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्