काठमाडौं, असार १९ । नेकपा एकीकृत समाजवादीको जारी १०औँ राष्ट्रिय महाधिवेशनमा आज राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा आएका सुझाव पेस हुने भएको छ ।
१२ समूह बनाएर गरिएको छलफलबाट प्राप्त सुझाव बुधबारको बैठकमा पेस गर्ने कार्यसूची छ । सम्बन्धित समूहका टोली नेताले सुझाव प्रस्तुत गरेपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिनेछ । एक हजार आठ सय ४९ प्रतिनिधि सहभागी महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने कार्यक्रम छ ।
एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि प्रशिक्षण दिइएको छ । शीर्ष नेतृत्वमा सहमतिको प्रयास भए पनि अन्य पदाधिकारी र सदस्यको निर्वाचन हुनेछ । शिलापत्र