Friday, March 21, 2025
घरसमाचारनिर्माणधीन बुटवल–नारायणढ राजमार्ग सात वर्षमा आधा मात्रै सम्पन्न , छिटो सम्पन्न गर्न...

निर्माणधीन बुटवल–नारायणढ राजमार्ग सात वर्षमा आधा मात्रै सम्पन्न , छिटो सम्पन्न गर्न तीन जिल्लाका जनप्रतिनिधिहरु को एकै ठाउँमा बैठक

- Advertisement -

नवलपरासी, कार्तिक २८ । निर्माणधीन बुटवल–नारायणगढ राजमार्गको काम सात वर्षमा आधा मात्रै सम्पन्न भएको छ । २०७५ साल माघ २४ गते योजना सम्झौता भई निर्माणकार्य सुरु गरेको चिनिया कम्पनी चाईना स्टेट कन्स्ट्रक्सनले हाल सम्म ५२.७० प्रतिशत मात्रै सम्मपन्न भएको राजमार्ग निर्माण पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्रले बताउनु भएको छ ।

एक सय तेह्र किलोमिटर रहेको उक्त रामजमार्ग निमार्णका लागि २०८२ को साउन ६ गते सम्म निमार्ण कार्य सम्पन्न गर्न तेस्रो पटक म्याद थपिएको आयोजना प्रमुख मिश्रले जानकारी दिनुभएको छ । राजमार्ग निर्माण गर्नका लागि दुई खण्डमा बाडिएको छ । दाउन्ने भन्दा पूर्व नारायणगढ सम्म पूर्वी खण्ड हो । भने दाउन्ने भन्दा पश्चिम बुटवल सम्म पश्चिमी खण्ड हो । पुषभित्र दुबैतर्फ ७० प्रतिशत र चैत्रसम्म एकतर्फीे पुरै सम्पन्न गर्नेगरी कम्पनीले आफ्नो सहमति जनाएको छ । तर हालसम्म काम सुरु नभएको हुनाले अझै ढिलासुस्ती हुने भन्दै जिल्ला समन्वय समिति पश्चिम नवलपरासीको अगुवाईमा आईतवार तीन जिल्लाका जनप्रतिनिधिहरु बैठक बसी समयमै काम सम्पन्न गर्न दबाबका लागि एक्यवद्धता जनाएका छन् । पूर्वी नवलपरासी, पश्चिमी नवलपरासी र रुपन्देही जिल्लाका जिल्ला समन्वय समिति प्रमुखहरु, राजमार्गसंग टाँसिएका पालिका प्रमुख÷उपप्रमुखहरु र राजमार्ग निर्माणका पश्चिम खण्ड आयोजना प्रमुख एवं पत्रकारहरुको संयुक्त बैठक बसी छिटो निर्माण सम्पन्न गर्न छलफल गरिएको हो । उक्त बैठकबाट जनप्रतिनिधिहरु ले छिटो निर्माणकाम सम्म गराउन तीनै जिल्लाका जनप्रतिनिधिहरु भोली (विहिवार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटन काठमान्डौं जाने जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती प्रसाद यादवले बताउनु भएको छ । प्रधानमन्त्रीलाई भेटेर सड्क निर्माणका लागि दबाब दिने उहाँले बताउनु भएको हो । प्रधानमन्त्री संगै राजमार्ग निर्माणका लागि सहयोग गरेको एडीबी, निर्माण कम्पनी र सम्बन्धीत मन्त्रालयका मन्त्रीलाई समेत भेट्ने प्रमुख यादवले भन्नु भएको छ । बैठकमा उपस्थित जनप्रतिनिधिहरुले कामै नगर्ने कम्पनीले म्याद थपेर पनि काम सम्पन्न गर्ने सम्भावना नदेखिएको बताएका छन् ।

ढिलासुस्तीले कामले गर्दा राजमार्ग भएर यात्रा गर्नेहरु सात वर्षदेखि कष्टकर यात्रा गर्दै आएका छन् । राजमार्ग क्षेत्रमा रहेका वस्ती तथा व्यवसायीहरु समेत धुलोले विरामी परेको गुनासो गरेका छन् ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्