Friday, December 6, 2024
घरअपराधनारावाजी पछि मात्रै जाहेरी दर्ता

नारावाजी पछि मात्रै जाहेरी दर्ता

- Advertisement -spot_img

परासी, भदाैं ११ । पश्चिम नवलपरासीमा एक पीडित पक्षकाे जाहेरीलाई प्रहरीले दर्ता गर्न नमानेपछि नारावाजी भएकाे छ । जिल्लाकाे बर्दघाट नगरपालिका १४ नं. वडा कार्यालयमा यहि भदौ ७ गते भएको कुटपिट घट्नामा पीडित पक्षले प्रहरीमा दिएकाे जाहेरी दर्ता गर्न नमानेपछि नारावाजी भएकाे छ ।

प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरेपछि पीडित पक्षले प्रहरी चौकी अगाडि गएर नारावाजी गरेको थियो । उक्त नारावाजी पछि प्रहरीले मात्रै जाहेरी दर्ता गरेकाे पीडित जाहेरवाला पार्वती क्षेत्रीले बताउनु भएको छ । राजनितिक दवावका कारण प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरेकाे उहाँले अराेप लगाउनु भयाे । घट्ना घटेको ४८ घण्टा सम्म पनि जाहेरी दर्ता नभएपछि स्थानियवासीहरुले ईलाका प्रहरी कार्यालयमा घेराहालेर चर्को नारावाजी गरेपछि मात्रै पीडितको उजुरी आइतबार दिउँसो ३ बजे प्रहरीले दर्ता थियो । जग्गाको बिषयमा बिवाद हुँदा वडा कार्यलयमा नै पार्वती र उनका श्रीमान राजबहादुर क्षेत्रीलाई रगताम्य हुनेगरी कुटपिट भएको थियो। कुटपिटका क्रममा घाईते भएका राजबहादुरकाे अस्पतालको आईसियुमा राखेर उपचार भैरहेको पार्वतीले बताउनु भएको छ । ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गर्दै पीडित पक्षले घाइतेको उपचार खर्चको क्षतिपुर्तिको माग गरेका छन् । उक्त जाहेरीमा पीडित पक्षले नेपाली काङ्ग्रेसका जिल्ला सदस्य प्रेम कामु, उनका दाजु जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामु र भाइ तरुणदलको वडा सभापति कृष्ण कामुकाे नाम रहेकाे छ । जाहेरी दर्ता पछि प्रहरीले पक्राउ पुर्जी समेत जारी गरी उनिहरू लाई खाेजीरहेकाे छ ।

घटनामा संलग्न कामु दाजु भाईलाई राजनीति आडमा शत्ता र शक्तिकै कारण जोगाउने चलखेल भइ न्याय नपाईने होकि भन्ने समेत पीडित पक्षले आशङ्का गरेका छन । ‘वडा कार्यालय जस्तो सार्वजनिक स्थानमा एउटा परिवार माथी रगतै बग्नेगरी अभद्र व्यवहार गर्दै कुटपिट गर्नु गुणडागर्दी शैलीकाे पराकाष्ठा देखिएकाे स्थानीयहरू ले बताएका छन् । महिलाको शरिरमाथि पटक पटक खुट्टा बजारेको र छुटाउन जादा उनका श्रीमान् माथि आक्रमण भएको पीडितले पक्षले बताएकाे छ।


spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्