Sunday, January 19, 2025
घरसुस्तानारायणीकाे बाढी सुस्तामा पस्याे

नारायणीकाे बाढी सुस्तामा पस्याे

- Advertisement -spot_img

परासी, असाेज १२ । पश्चिम नवलपरासीकाे सुस्ता गाउँपालिका ५ सुस्तामा नारायणीकाे बाढी पसेकाे छ ।

सुस्ताकाे थारू टाेलमा बाढी पसेकाे स्थानीय एवं सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले बताउनु भएकाे छ । अविरल वर्षाका कारण आएकाे नारायणीकाे बाढी सुस्तामा पसेकाे हाे । बाढीले थारू टाेलमा १५ भन्दा बढी घरहरू डुबानमा परेकाे जैसवालले बताउनु भएकाे छ । अहिले त्यहा स्थानीयहरू लाई सुरक्षित भएर बस्न आग्रह समेत गरिएको उहाँले भन्नू भएकाे छ ।

तीन तिर बाट भारत र एकतिर बाट नेपालकाे नारायणीले सुस्तालाई घेरेकाे छ । अविरल वर्षले नारायणी नदीमा पानीकाे सतहले खतराकाे तह पार गरेकाे छ । विहान करिब ११ बजेदेखि नै व्यारेजका सबै (३६)  ढाेकाहरू खाेलिएकाे नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताउनु भएकाे छ ।

अहिले व्यारेजमा पानीकाे सहत ४ लाख क्यूसेक भन्दा बढी पुगेकाे छ । लगातारको वर्षाले पश्चिम नवलपरासीकाे सिमावर्ती गाउँकाे धानवालीहरू डुबानमा समेत परेकाे छ । सरावल गाउँपालिका ७ धनेवा स्थित खाेलाकाे बाँध फुटेर पानी धानवालीमा पस्न थालेकाे छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्