चितवन, १६ असार । बिहीबार दिउँसोदेखि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड लामाे प्रयासपछि खलेकाे छ ।
बिहीबार दिउँसोदेखि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड शुक्रबार साँझ ५ः३० बजेपछि मात्रै खुलेेकाे थियाे । आज विहान फेरि पहिराे गएपछि उक्त सडक पुर्णरूपले अवरुद्ध भएकाे थियाे ।
पहिराे पन्छायो कि सानाे गाडिहरू आवतजावत गर्न तछाडमछाड गर्थे तर ठुलाे सवारि भने नसकिने अवस्था थियाे । पहिराे हटाउन लामाे प्रयास पछि अहिले करिब ५ बजेदेखि सुचारु भएकाे छ ।