काठमान्डाै, भदाैं ५ । काठमाडौं भित्रिने प्रमुख राजमार्ग नागढुङ्गानजिक पहिरो जाँदा दुईतर्फी आवत–जावत अबरुद्ध भएको छ ।
बुधबार बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो । नागढुंगाको नाग मन्दिरनजिक ठूलो पहिरो खसेकाले सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरो पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ । बेला-बेलामा पहिरो खसिरहेकाले पन्छाउन समस्या भइरहेको छ । प्रहरीका अनुसार सडक अवरुद्ध हुँदा काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन बाटोमै रोकिएका छन् ।