Friday, December 6, 2024
घरराजनीतिनाउपाका दुई प्रदेश अध्यक्ष पार्टीबाट निष्कासित

नाउपाका दुई प्रदेश अध्यक्ष पार्टीबाट निष्कासित

- Advertisement -spot_img

काठमान्डाैं, चैत २० । नागरिक उन्मुक्ति पार्टीले दुई प्रदेश कमिटी अध्यक्षलाइ पार्टीबाट निष्कासित गरेकाे छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टीबाट निष्कासन गर्नु भएकाे छ ।

नाउपाका बागमती प्रदेश समिति अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र राजन गुरुङलाई पार्टीबाट निष्कासित गरिएकाे छ । चौधरीले उहाँहरू लाइ संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि कुटपिट गरेको भन्दै निष्कासन गरिएकाे विज्ञाप्ति मार्फत बताउनु भएकाे हाे ।

‘नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंमा मिति २०८०/१२/१९ गतेका दिन पार्टीका संस्थापक केन्द्रिय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा तपाईं समेतले पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू श्री रामलाल डगौरा थारु र श्री रमेश विश्वकर्मालाई अभद्र व्यवहार गरी कूटपिट समेत गरेको हुँदा पार्टीको विधान २०७८ को धारा १७ को उपधारा (क) को (२)(४) बमोजिम र सोही विधानको धारा १७(४) बमोजिम तपाईंलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीबाट पदमुक्त गरी निष्कासन गरिएको जानकारी गराउँदछु,’ रञ्जिताले पत्रमा भन्रु भएकाे छ । Shilapatra Online

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्