नेपालगञ्ज, मंसिर ०९ । नेपालको दशक लामो सशस्त्र द्वन्द्वको अन्त्यको सन्देश बोकेको नेपालगञ्ज म्याराथनकाे ‘नवौं संस्करण नेपालगञ्जमा सुरु भएको छ । नेपालगञ्जको बीपीचोकबाट बिहान ७ बजे म्याराथन सुरु भएकाे आयोजक क्रियटिभ ह्याण्डसले जनाएको छ ।
एसोसिएसन अफ इन्टरनेसनल म्याराथन्स एन्ड डिस्टेन्स रेसेस (एम्स) ले मान्यता दिएको आधिकारिक रुटमा आयोजना भएकाे नेपालगञ्ज म्याराथन एम्सको वार्षिक क्यालेन्डरमा परेको नेपालको एक मात्र म्याराथन प्रतियोगिता हो ।
दशक लामो सशस्त्र द्वन्द्वको अन्त्य गर्ने ५ मंसिर २०६३ को विस्तृत शान्ति सम्झौताको स्मरणमा सन् २०१५ देखि यो म्याराथन सुरु गरिएको हो । मध्यपश्चिम क्षेत्र द्वन्द्वबाट सबैभन्दा धेरै प्रभावित क्षेत्र हो । द्वन्द्व अन्त्य भई मुलुक शान्तितर्फ प्रवेश गरेको दिनको स्मरणमा सुरु गरिएको म्याराथनलाई प्राविधिक रुपमा सबल बनाउँदै अन्तराष्ट्रिय स्तरको बनाइएको आयोजकले जनाएकाे छ । शिलापत्र