Thursday, December 5, 2024
घरनवलपरासी, रुपन्देही,पाल्पा र प्युठानमा भारी वर्षा, तिनाउको बाढीले खतरा तह पार गर्यो

नवलपरासी, रुपन्देही,पाल्पा र प्युठानमा भारी वर्षा, तिनाउको बाढीले खतरा तह पार गर्यो

- Advertisement -spot_img

काठमाडौं,९ साउन । नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान भारी वर्षा भएको मापन गरिएको छ । यि जिल्लाहरु आसपासका स्थानमा पनि भारी वर्षा भएको छ ।

नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ । जस्को काराले विनयी लगायत साना खोलाहरूको बहाव बढ्ने सम्भावना छ । त्यस्तै यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
त्यस्तै भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान चार बजे सार्वजनिक गरेको सूचना अनुसार यि जिल्लाहरु म भारी वर्षा संगै तिनाउ नदीमा पानीको सतह बढेको छ । बाढीमापन केन्द्र बुटबलमा जलसतहले तिनाउ नदिले खतरा तह पार गरेको छ जुन निरन्तर बढ्दो क्रममा रहेको बताएको छ ।

तिनाउमा पानीको सतह बढेपछि नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने खतरा छ । विभागले होचा स्थानमा हुनेहरूलाई दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरेको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्