Thursday, January 16, 2025
घरअपराधनवलपरासी प्रहरी द्धारा करिब १३ लाखको अबैध कपडा बरामद

नवलपरासी प्रहरी द्धारा करिब १३ लाखको अबैध कपडा बरामद

- Advertisement -spot_img

परासी, असोज २४ । पश्चिम नवलपरासीमा प्रहरीले करिब १३ लाखको बराबर अबैध कपडा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय महेशपुरले सरावल गाउँपालिका वडा नं. ७ को बुलन्दपुर बाट अबैध रुपमा भन्सार छलि ल्याएको विभिन्न कपडाहरु बरामद गरेको छ ।

आज विहान ५ वजेको समयमा गोप्य सूचनाको आधारमा प्रहरीले १२ लाख ७० हजार ४ सय बराबरको अबैध कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताए । खासगरि चाडपर्व नजिकिए संगै भईरहेको तस्करीलाई नियन्त्रण गर्दा प्रहरीले उक्त समानहरु समातेको हो । भारतबाट कर छलि ल्याएको उक्त कपडामा जयपुरी साडी, जयपुरी सुट, रेडिमेट बलाउज, जेन्स कुर्ती, लेडिज सुट, थान कपडा, रेडिमेट टप्स लगायतको कपडाहरु सूचना अधिकारी बोहराले जानकारी गराएका छन् ।

ईलाका प्रहरी कार्यालय महेशपुर ईन्चार्ज प्रहरी निरीक्षक फल बहादुर तमाङ्गको कमाण्डमा खटिएको टोलिलाई तस्करहरु ले देखेपछि कपडा छोडेर भागेपछि उक्त अबैध कपडाहरु लाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्