Thursday, December 11, 2025

नवलपरासी प्रहरीको यात्रु सहायता कक्ष स्थापना

नवलपरासी, असाेज १८ । नवलपरासीमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरेकाे छ । चाडपर्व लक्षित कार्ययोजना अनुसार जिल्लाका विभिन्न पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

चाडपर्वको समयमा यात्रु यातायातमा हुने समस्या तथा ठगिने, यात्रुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुने लगायतका समस्या न्यूनिकरण गर्नका लागि चाैविसै घण्टा सहायता कक्षको स्थापना गरिएको हो ।

सो अवसरमा नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले अहिले विपद्सँगै चाडपर्व नजिकिँदै गएकाले यात्रुलाई थप असहजता हुने भन्दै सबै सरोकारवालाहरूको सहयोगमा मात्र यात्रु सहायता कक्ष सञ्चालन हुने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले प्रहरीको जनशक्ति र श्रोत साधनको उच्चतम प्रयोग गरी चाडपर्वमा हुने विभिन्न अपराधिक गतिविधिहरू नियन्त्रण गरिने बताउनुभयो ।

नवलपरासीमा महेसपुर, परासी बाइपास रोड, सुनवल, भुमही र बर्दघाटको त्रिवेणी चोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले अप्ठ्यारोमा परेका यात्रुहरूलाई सहायता प्रदान गर्ने छन् ।

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार