Friday, March 21, 2025
घरसमाजनवलपरासी ट्राफिकले उठायो एक करोड ७८ लाख

नवलपरासी ट्राफिकले उठायो एक करोड ७८ लाख

- Advertisement -

गौरीशंकर जैसवाल, परासी १८ साउन । पश्चिम नवलपरासीमा ट्राफिक प्रहरीले एक करोड ७८ लाख ६२ हजार राजश्व उठाएको छ । २०८० साउनपछि प्रहरीले सवारीसाधनलाई कार्यवाही गरि राजस्व उठाएको जनाएको छ ।

गत आ.व. मा २४ हजार चार सय २० वटा सवारी सधानलाई कर्वाही गर्दै ट्राफिकले अहिले करिब १० लाख बढि राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रमुख राजु खत्रीले बताउनु भएको छ । आ.व.२०७९।८० मा एक करोड ६८ लाख ८२ हजार ५ सय मात्रै राजस्व उठेको प्रमुख खत्रीले बताउनु भयो । उहाँका अनुसार अहिले ५ दशमलव ८० प्रतिशतका दर राजश्वमा बृद्धि भएको छ । जस्मा मापसे गरि सावारी चलाउने ८४ वटा सवारी चालकलाई कार्यवाही गरिएको छ भने बाँकीलाई ट्राफिकको अन्य नियम उलंघन गरेवात राजस्व उठाईएको हो । खासगरी सवारी चलक अनुमतिपत्र नभएको, बुलुबुक नविकरण नगरिएको, क्षमता भन्दा बढि समान लोड गरिएको लगायतका नियममा कार्यवाही गरिएको हो ।

ट्राफिक प्रहरीले समय सममा जनचेतना मुलक कार्यक्रम समेत गर्दै आएको छ । गत आ.व.मा ट्राफिकले एक हजार ८ सय ६८ वटा स्थानमा जनचेतनामुलक कार्यक्रम गरेको छ । जस्मा ५४ हजार २ सय ६६ जना लाभाविन्त भएको ट्राफिक प्रहरीले जानएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्