Saturday, March 15, 2025
घरसमाचारनवलपरासीमा ६ महिनामा सवारी दुर्घटनाबाट ३० जनाको मृत्यु

नवलपरासीमा ६ महिनामा सवारी दुर्घटनाबाट ३० जनाको मृत्यु

- Advertisement -

परासी, माघ १५ । नवलपरासीमा चालु वर्षको साउनदेखि पुस महिनासम्म भएका सवारी दुर्घटनाबाट ३० जनाको ज्यान गएको छ । यो अवधिमा भएका दुर्घटनामा परी ७० जना गम्भिर घाइते भएका छन् भने ७७ जना सामान्य घाइते भएका छन् ।

ट्राफिक कार्यालय सुनवलका अनुसार मृत्यु हुनेमा २५ जना पुरुष, ४ जना महिला र १ बालिका छन् । सबैभन्दा बढी पुस महिनामा ७ जनाको ज्यान गएको छ । त्यस्तै साउनमा ५ भदौंमा ४, असोजमा ५, कात्तिकमा ३ र मंसिरमा ६ जनाको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय सुनवलका इन्सपेक्टर अमृत भण्डारीले जानकारी दिनुभयो । दुर्घटना हुने सवारी साधनमा सबैभन्दा बढ९३ वटा मोटरसाइकल छन् ।

त्यस्तै माइक्रो र बस ९, ट्रक ११, टेम्पु ५, टेक्टर २, जिपकार १०, टिपर २, साइकल २० र अन्य ४ वटा दुर्घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । सवारी दुर्घटनाका मुख्य कारण तीव्र गति, मध्यपान सेवन गरी सवारी चलाउनु र यात्रुले बाटो पार गर्दा रहेको ट्राफिक प्रहरीले जनाएको छ । यसैबीच यो अवधिमा कारबाहीमा परेका ४ हजार ४७७ वटा सवारी साधनबाट ५२ लाख ४३ हजार जरिवानाबापतको राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्