Saturday, March 15, 2025
घरस्वास्थ्यनवलपरासीमा १६ हजार बढि किशोरीलाई पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाईदै

नवलपरासीमा १६ हजार बढि किशोरीलाई पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाईदै

- Advertisement -

परासी, माघ १४ । पश्चिम नवलपरासीमा १६ हजार बढि किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभि) खोप लगाईदै छ ।

जिल्लामा माघ २२ देखि २८ गते सम्म एक हप्ता खोपका लागि खाेप अभियान सुरु हुन लागेको स्वास्थय कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय नवलपरासीले एक अन्तरक्रिया कार्यक्रममा खोपको वारेमा जानकारी गराउँदै देशभरी नै याे खाेप अभियान सुरू हुनलागेकाे बताएकाे छ । खाेप विद्यालयमा ६ देखि १०  कक्षा सम्म अध्ययन गर्ने किशोरी र विद्यालय नजानेको हकमा १० देखि १४ वर्ष सम्मका किशोरीहरुलाई लगाइने स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभएकाे छ । जिल्लाभरीका २ सय विद्यालयमा खोप केन्द्र संञ्चालन गरेर विद्यालय भित्रका १५ हजार ६ सय ६९ र विद्यालय नजाने ६ सय २४ गरी १६ हजार २ सय ९३ जन किशोरीलाई खोप लगाईने उहाँले बताउनु भएकाे छ । खोप लगाउनका लागि २ सय ५ जना स्वास्थ्यकर्ता र ३ सय ८ जना स्वंयमसेवक खटिने छन् ।

खोप लगाउँदा कसैकसैलाई सामान्य ज्वरो आउने, टाउको दुख्ने सक्ने भएपनि समान्य हुने स्वास्थ्य कार्यालयले जनाएकाे छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव रुदलले खोप अभियानलाई प्रभावकारी रुपमा संञ्चालन गर्न सबैको भुमिका उत्तिकै महत्वपुर्ण भएको बताउनुभयो । उहाँले संञ्चारकर्मिले संञ्चारमाध्यमबाट प्रचार प्रसारमा सहयोग गरि सबै किशोरीलाई खोपको दायरामा ल्याउन भुमिका खेल्नुपर्ने बताउनुभयो ।

खाेप अभियानलाइ प्रभावकारी तथा सफल बनाउनका लागि विद्यलायका प्रधानअध्यापक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायत संग अभिमुखिकरण गर्ने गरिएकाे कार्यालयले जनाएको छ । यसैगरी खोप अभियानमा कोहि पनि नछुटुन् भन्ने उदेश्यले पालिका स्तरीय र वडा स्तरीय खोप समन्वय समिति मार्फत प्रचारप्रसार र सामुदायिक महिला स्वास्थ्य स्वंयमसेविहरू घर घरमा पुगेर साे वारे जानकारी गराउने कार्य भइरहेकाे स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभएकाे छ ।

कार्यक्रममा बाेल्दै सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले अभियान सफल बनाउन सबैले आआफ्नो ठाउँ बाट प्रयास तथा प्रचारप्रसार गर्नुपर्ने बताउनु भयो । यसैगरी नेपाल रेडक्रश सोसाईटी नवलपरासीका सभापती राजेन्द्र अग्रहरी, नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका अध्यक्ष केशव पराजुली लगायतले खोप अभियानका विषयमा धारणा व्यक्त गर्नुभएको थियो ।

नेपालमा पाठेघरको मुखको क्यान्सरबाट वर्षेनी एक हजार बढिको मृत्यु हुदै आएको छ । अहिले सबैभन्दा बढि देखिने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ । नेपालमा हरेक वर्ष २ हजार १ सय ६९ जनामा पाठेघरको मुखको क्यान्सर हुन्छ । भने १ हजार ३ सय १३ जनाको मृत्यु हुनेगर्दछ। एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरलाई राेक्ने काम गर्दछ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्