Thursday, January 16, 2025
घरखेलकूदनवलपरासीमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुँदै

नवलपरासीमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुँदै

- Advertisement -spot_img

परासी, जेठ १४ । पश्चिम नवलपरासीको सुनवल–१२ स्थित दशरथ रंगशालामा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुँदैछ ।

राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठानले आईतवार पत्रकार सम्मेलन गर्दै नवलपरासी गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता–२०८१ हुने जानकरी दिएको छ । जेठ १७ गते सुरु हुने फुटबल प्रतियोगितामा देशभरीका आठ वटा समूह (टिम)ले भाग लिने छन् । जस्मा नवलपरासी–११ नवलपरासी, हनामी बी. एफ.सी. चितवन, नेपाल पुलिस क्लब काठमान्डौं, कोहलपुर रेसिङ्ग साहारा क्लब बाँके, राइजिङ स्टार एफ.सी भुमही नवलपरासी, पाल्पा–११ पाल्पा, सुदुर पश्चिम–११ कैलाली र साहारा क्लब पोखरा कास्की रहने आयोजकले जनाएको छ । यस प्रतियोगितामा प्रथम पुरस्कार ५ लाख एघाह्र हजार द्धितिय पुरस्कार ३ लाख एघाह्र हजार रहेको छ । यस्तै मैन अफ द सिरिज २५ हजार, प्रत्येक खेलमा मैन अफ द मैच पाँच हजार रहेको छ । भने उत्कृष्ट ५ विद्याका लागि प्रत्येक विद्याको जनही दश हजार रहेको प्रतिष्ठानका अध्यक्ष प्रकाश पंगेनीले बताउनु भएको छ ।

आयोजकले उक्त प्रतियोगिता सञ्चालनको लागि बत्तिस लाख रुपैया खर्च हुने अनुमान गरेको छ । जस्मा लुम्बिनी प्रदेश सकारको सामाजिक विकास मन्त्रालय बाट दश लाख प्राप्त हुने आयोजक जनाएको छ । यसैगरी उद्योग प्रतिष्ठानहरु, अन्य सहयोगि संस्थहरु को सहयोगमा खर्च व्यवस्थापन गर्ने तयारी रहेको आयोजकले जानकारी गराएको छ । जेठ २४ गते सम्म चल्ने फुटबल प्रतियोगिता एनफाको नियम अनुसार खेलाईने आयोजक बताएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्