Thursday, December 5, 2024
घरअपराधनवलपरासीमा प्रहरी द्धारा १० लाखको अबैध औषधी बरामद

नवलपरासीमा प्रहरी द्धारा १० लाखको अबैध औषधी बरामद

- Advertisement -spot_img

परासी, असोज २८ । नवलपरासीमा प्रहरीले १० लाखको अबैध औषधी बरामद गरेको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. १ मा रहको नहरको बन्धामा प्रहरी ले बरामद गरेको छ ।

२ वटा काटुन (कागजको पोका) मा अबैधरुपमा ल्याउदै गरेको औषधीलाई प्रहरी बरामद गरेको हो । उक्त काटुन भित्र माईको फेनोलेट, हेप्रिन ईन्जेकसन पि., साईक्लोसपोरिन आई.पि, माईकोफेनोलिक एसिड, टेलमिस्टार्टन, माईकोफोनोलेट, आर्थोरोपोईटिन ईन्जेक्सन, डर्विपोईटिन अल्फा ईन्जेक्सन लगायत विभिन्न प्रकारको अबैध औषधीहरु प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताए । सो औषधीहरु ९ लाख ८१ ह्जार ६२ रुपैया बराबरको रहेको सूचना अधिकारी बोहराले जानकारी गराएका छन् ।

भारतबाट एक व्यक्तिले पैदल ल्याउँदै गरेको काटुनलाई प्रहरीले देख्न साथ नजिक गएपछि औषधी छोडेर मान्छे फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरामद गरीएको उक्त औषधीहरु लाई भन्सार कार्यालय महेशपुरमा पठाईएको छ भने फरार मान्छेको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्