Wednesday, April 17, 2024
घरस्थानीयनवलपरासीमा चाडपर्व शान्ती सुरक्षाका लागि ५ सय प्रहरी परिचालन

नवलपरासीमा चाडपर्व शान्ती सुरक्षाका लागि ५ सय प्रहरी परिचालन

- Advertisement -spot_img

परासी, असोज २८ । चार्डपर्व शुरु भएसंगै पश्चिम नवलपरासीमा करिब ५ सय प्रहरीलाई परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले चार्डपर्वमा कुनैपनि अप्रिय घटना नहोस् भनेर जिल्लाको विभिन्न ठाउँहरुमा प्रहरीहरु लाई परिचालन गरेको जनाएको छ ।

शान्तीपुर्ण वातावरणमा चार्डपर्वलाई सम्पन्न गराउनका लागि जिल्ला भरी ४ सय ८८ प्रहरीहरु लाई खटाईएको जिल्ला प्रहरी कार्यायलयका सूचाना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताए । जिल्ला सुरक्षा समितिको बसेको बैठकबाट प्रहरीहरु लाई विभिन्न जिम्मेवारी साथ खटाईएको बोहराले बताए । खासगरी बैंक वित्तिय संस्था, सुनचाँदी पसल, सार्वजनिक स्थल, विभिन्न चोकचौडहाहरु मा प्रहरीहरु लाई खटाईएको छ । जस्मा केही युनिर्फम (प्रहरी पोशाक) र केहीलाई सादा पोशाकमा जिम्मेवारी सहित प्रहरी परिचालन गरिएको छ । सार्वजनिक यतायातहरुमा सादा पोशाकहरु का प्रहरीलाई खटाईएको छ ।

यस्तै जिल्लाको ५ स्थानमा यात्रु÷नागरिक सहायता कक्ष समेत स्थापना गरी सेवा प्रवाह भईरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ । घटना÷दुर्घटनामा तत्काल उद्धार तथा न्युनिकरणको लागि क्विक रेसपोन्स टिम (क्यु.आर.टि) परिचालन गरिएको छ । त्यस्तै मादक पदार्थ तथा लागु पदार्थ सेवनमा कडाईको साथ चेकजाँचको लागि विभिन्न स्थानहरुमा नेपाल प्रहरी र ट्राफिक प्रहरीहरु लाई संयुक्तरुपमा जिम्मेवारी दिईएको जिल्ला प्रहरीले जनाएको छ । भने पूर्व पश्चिम राजमार्ग तथा हुलाकी राजमार्गमा हतियार सहितको क्रस पेट्रोलिङ्ग भईरहेको जिल्ला प्रहरी कार्यालयले भनेको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्