परासी ५ असार । पश्चिम नवलपरासीमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रामग्राम नगरपालिका वडा नं. १० नदुवा बस्ने वर्ष ४० को बिनोद कहारको मृत्यु भएको छ ।
आफ्नै खेतमा काम गरिरहेको समय चट्याङ्ग लागेर कहारको मृत्यु भएको प्रहरीले जनाएको छ । आज विहान करिब ९ बजेदेखि नवलपरासीमा पानी पर्न थालेको थियो । पानी परेकै बेला उनि आफ्नो खेतमा काम गरिरहेका थिए । चट्याङ्गले घाईते भएका कहारलाई उपचार गर्नको लागि भैरहवा सि.टि अस्पताल लगिएको थियो । अस्पतालले उनलाई उपचार कै क्रममा मृत घोष्णा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताउनु भएको छ ।
चट्याङ्ग बाट मृत्यु भएका कहार स्वास्थ्यकर्मी हुन् । उनि पाल्पा जिल्लाको पुर्व खोला गा.पा. ५ बिरकोटको बिरकोट आयुर्वेदिक औषधालयको कबिराज निरीक्षक (अधिकृत छैटो तह) हुन् ।