परासी । पश्चिम नवलपरासीमा बालबालिकलाई पोलियो बिरुद्धको खोप अभियान सुरू भएकाे छ । स्वास्थ्य कार्यालय नवलपरासीले आइतवार जेठ १३ गते देखि पाेलियाे विरूद्धकाे खाेप अभियान सुरू गरेकाे छ ।
२०७३ साल देखि ०७५ काे असाेज सम्म खाेप लगाउन छुटेका पाँच वर्ष देखि आठ वर्ष उमेर समूहका बालबालिका लाइ खाेप लगाइएकाे जिल्ला स्वास्थ्य कार्यालयले जनाएकाे छ । दुई चरणमा लगाइने खोप पहिलाे चरणकाे आइतवार (जेष्ठ १३ ) देखी सुरू भएकाे छ । जस्मा रामग्राम नगरपालिका, सुनवल नगरपालिका र पाल्हीनन्दन गाउँपालिका रहेकाे छ । पहिलाे चरणकाे खाेप अभियान जेठ १८ गते सम्म चल्ने स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थीले बताउनु भएकाे छ । यसैगरी दाेस्राे चरणकाे खाेप अभियान जेठ २१ देखि २६ सम्म चल्ने छ । जस्मा बर्दघाट नगरपालिका, सरावल गाउँपालि, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिकामा लगाइने प्रमुख पन्थीले भन्नु भयाे ।
जिल्लामा कुल २१ हजार ८ सय ७७ जना बालबालिकाहरुलाई पोलियो बिरुद्धको खोप दिईने स्वास्थ्य कार्यालय जानकारी दिएकाे छ ।