परासी, माघ १५ । नेपाली कांग्रेसले देशभर नै सञ्चालन गरेको समुदायमा ‘कांग्रेस’ अभियान नवलपरासी जिल्लामा पनि सुरु भएको छ । अभियान अन्र्तगत जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधि एंव केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले आइतबार एक कार्यक्रमकाे आयोजना गरी अभियानको शुभारम्भ गर्नुभएको हो ।
जिल्ला कार्यवहाक अध्यक्ष विक्रम यादको अध्यक्षतामा सम्पन्न अभियान शुभारम्भ कार्यक्रममा केन्द्रीय प्रतिनिधि विश्वकर्माले समुदायस्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन अभियान सञ्चालन गरिएको बताउनुभयो ।
अभियान अन्र्तगत जिल्लाका ७ पालिकाका ७४ वटै वडाहरुमा प्रतिनिधि खटाउने निर्णय भएको जिल्ला सचिव कुलदिप आचार्यले जानकारी दिनुभयो । वडाहरुमा खटाइएका प्रतिनिधिहरुमा जिल्ला कार्य समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र भातृ संगठनका पदाधिकारी एंव सदस्य छन् । ‘आइतबार अभियानको शुभारम्भ भएसँगै जिल्लाका हरेक वडामा २ जनाका दरले प्रतिनिधि खटाएका छौं ।’ जिल्ला सचिव आचार्यले भन्नुभयो । अभियान माघ २६ गतेसम्म सञ्चालन हुने छ ।
अभियान मूलतः वडा केन्द्रित रहने तथा जनताका कुरा सुन्ने भएकाले औपचारिक आसनग्रहण र मन्तव्यलगायतका कार्यव्रmम समावेश नगरिने कांग्रेसले जनाएको छ ।