Wednesday, December 11, 2024
घरकृषिनवलपरासीका अधिकांश एग्रोभेट इजाजत बिना सञ्चालनमा/अनुगमन टोली जाँदा पसल बन्द गरेर व्यवसायी...

नवलपरासीका अधिकांश एग्रोभेट इजाजत बिना सञ्चालनमा/अनुगमन टोली जाँदा पसल बन्द गरेर व्यवसायी सम्पर्कबिहिन

- Advertisement -spot_img

परासी, १६ असोज । नवलपरासीमा सञ्चालनमा रहेका अधिकांश एग्रोभेटहरु बिना इजाजत सञ्चालन भएको पाइएको छ । कृषि ज्ञान केन्द्र नवलपरासीले विषादी र बिउबिजन बिक्री वितरण गर्ने एग्रोभेटहरुको आज अनुगमन गर्ने क्रममा इजाजत बिना सञ्चालन भएको पाएको हो ।

अनुगमनका क्रममा बजार क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा सञ्चालन भएका एग्रोभेटहरु इजाजत बिना सञ्चालन भएको पाइएको हो । विषादी बिक्री गर्ने इजाजत लिएका अधिकांश एग्रोभेटहरुले इजाजात बिना बिउ बिजनसमेत बिक्री गर्ने गरेको पाइएको कृषि ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेले जानकारी दिनुभयो । विषादीको इजाजत लिएका फर्म सञ्चालकहरुले बिउ बिजनका लागि पनि इजाजत लिनुपर्ने प्रावधान छ । तर त्यसबारे आफूहरुलाई जानकारी नभएर इजाजत नलिएको व्यवसायीहरुले अनुगमन टोलीलाई बताएका थिए । बिउ बिजनका लागि कृषि ज्ञान केन्द्रबाट इजाजत लिनु पर्ने व्यवस्था छ । बिउ बिजन बिक्री गर्ने एग्रोभेटले विषादीका लागि छुट्टै कोठाको व्यवस्था गर्नुपर्ने भएपनि एउटै कोठामा राखेर बिक्री बितरण गर्ने गरेको पाइएको कार्यालय प्रमुख चौबेले बताउनुभयो । अनुगमनका क्रममा भारतका बाट ल्याइएका रासायनिक मल, र म्याद गु्रजेका विषादी र बिउ बिजनहरु फेला परका थिए ।

अनुगमन टोलीले जिल्लाको रामग्राम, बर्दघाट, सुनवल नगरपालिकाका साथै प्रतापपुर र सरावल गाउँपालिकाका गरी ११ वटा एग्रोभेटको अनुगमन गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मनिषा पौडेलले जानकारी दिनुभयो । जिल्लामा ४० बढी एग्रोभेट सञ्चालनमा रहेको सूचना अधिकारी पौडेलले बताउनुभयो । अनुगमनका क्रममा नवीकरण नगराएका र इजाजत नलिएका एग्रोभेटलाई इजाजत लिन र म्याद नाघेका विषादी र बिउ बिजनलाई छुट्ट स्थानमा राखी व्यवस्थापन गर्न व्यवसायीहरुलाई सुझाव दिइएको थियो । नियम विपरीत सञ्चालन भएका एग्रोभेटलाई सचेत गराउँदै आगामी दिनमा प्रकृया पूरा गरेर व्यवसाय सञ्चालन गर्न सुझाव दिइएको कृषि ज्ञान केन्द्रका प्रमुख डा. चौबेले जानकारी दिनुभयो ।

व्यवसायीहरु पसल बन्द गरी सम्पर्कबिहिन

यसैबीच अनुगमन टोलीलाई देखेपछि केही एग्रोभेट सञ्चालन गरेका व्यवसायीहरु पसल बन्द गरी हिडेका थिए । पसल खोलेर बसेका व्यवसायीहरु पनि अनुगमन टोलीलाई देखेपछि पसल खुलै राखेर सम्पर्कबिहिन भएका थिए । अनुगमन टोलीले व्यवसायीलाई मोबाइल सम्पर्क गरेर बोलाउन खोज्दा पनि उनीहरु सम्पर्कमा आएका थिएनन् । व्यवसाय दर्ता र नियमविपरीत सञ्चालन भएका कारण पसल बन्द गरी व्यवसायीहरु सम्पर्कमा आउन नखोजेको हुन सक्ने कृषि ज्ञान केन्द्र नवलरासीले जनाएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्