Sunday, January 19, 2025
घररामग्रामनवलपरासीमा मिडिया अनुगमनको माग

नवलपरासीमा मिडिया अनुगमनको माग

- Advertisement -spot_img

परासी, कात्तिक २१ । पश्चिम नवलपरासीमा सरोकारवालाहरु ले मिडिया (समाचार संस्था) अनुगमनको माग गरेका छन् । जिल्लामा चलिरहेको विभिन्न मिडिया र विभिन्न अनलाईन पेजहरुको अनुगमन गर्न आग्रह गरेका छन् ।

पछिल्लो समय जिल्लामा खुलेका विभिन्न अनलाईन तथा फेसबुक पेजहरु विना ईजाजत सञ्चालनमा रहेकोले उक्त सञ्चार माध्ययमलाई अनुगमन गर्न माग गरिएको छ । नयाँ नयाँ पेज र विना ईजाजतको डोमेन (अनलाईन) हरु लाई तत्काल अनुगमन गरि नियमन गर्न जिल्ला जिल्लाका मिडिया सञ्चालकहरु ले नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीलाई अनुगमन गर्न अनुरोध गरेका छन् । पश्चिम नवलपरासीमा केहि समय यता मिडियाहरु लाई दर्ता नै नगरी सञ्चालनमा रहेको बताईएको छ । त्यस्तै विभिन्न फेसबुक पेजलाई बनाएर गाली गर्नु बाहेक अरु केही नगरेको पेजहरु लाई कानुनी दायरामा ल्याउन समेतका कुराहरु उठेको छ ।

सामुदायिक रेडियो परासीको १६औं बार्षिकोत्सव तथा सप्ताहव्यापी कार्यक्रममा आज जिल्ला भरीका मिडिया सञ्चालकहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा मिडिया सञ्चालकहरु ले मिडियालाई कसरी सबल र व्यवस्थित बनाउने संगै मिथ्या समाचार तथा गलत प्रचार गर्ने पेज तथा अनलाईन र मिडियाहरु लाई अनुगमन गर्न महासंघका अध्यक्ष हरी शर्मा संग आग्रह गरिएको छ ।

जिल्लामा दर्ता सहित सञ्चालनमा रहेको करीब डेढ दर्जन मिडियाहरु रहेका छन् । जस्मा रेडियो ६ वटा, सप्ताहिक पत्रिका ५ वटा र ८ वटा अनलाईनहरु दर्ता तथा नविकरण भएर सञ्चालनमा रहेको रेडियाे परासीका प्रबन्ध निर्देशक मेघराज गाैतमले बताएका छन् । रेडियाे परासीले कात्तिक ७ गते देखि नै विभिन्न सप्ताहव्यापी कार्यक्रमहरू गर्दैछ । यस्तै कात्तिक २३ गते सामुदायिक रेडियाे परासीकाे साधारणा सभा र निवार्चका कार्यक्रमहरू समेत तय गरिएकाे छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्