Friday, March 21, 2025
घरकृषिनयाँ पशुलाई क्वारेन्टाइनमा राख्नुपर्ने मापदण्ड

नयाँ पशुलाई क्वारेन्टाइनमा राख्नुपर्ने मापदण्ड

- Advertisement -

काठमाडौँ, फागुन २७ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नयाँ पशु ल्याउँदा त्यसलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने मापदण्ड ल्याएकाे छ । कुनै पनि पशु फर्म वा गोठमा नयाँ पशु ल्याउँदा उनिहरू  लाइ क्वारेन्टाइनमा राख्नु पर्ने मापदण्ड तय गरेकाे छ ।

कृषि मन्त्रालयले पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका २०८० मा सो मापदण्ड उल्लेख गरेको छ । अन्यत्रबाट नयाँ पशु ल्याउँदा स्वस्थ प्रमाणित गरि त्यस्ता पशुलाई कम्तीमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्ने मापदण्डमा रहेकाे छ । 

मापदण्डमा भनिएको छ, “फार्ममा आगन्तुक व्यक्तिको प्रवेशलाई सकेसम्म नियन्त्रण गर्ने गरिएको हुनपर्ने तथा फार्म परिसर प्रवेशद्वारमा उपयुक्त किसिमको खुट्टा चोभ्ने प्रबन्ध गरिएको हुनु पर्छ ।” पशुलाई तनाव र असजिलो नहुने गरी व्यवहार नगरेको हुनुपर्ने निर्देशिकामा उल्लेख छ । 

मापदण्ड अनुसार पशुकाे सबै विवरणहरू उल्लेख गर्नुपर्ने रहेकाे छ । जसमा पशुको पहिचान दिनु पर्छ र त्यस्तो पहिचान भएको पशुको जन्मदेखि मृत्युसम्मको विवरण पत्ता लाग्ने गरी अभिलेख राख्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ । 

वार्षिक रूपमा पानीको शुद्धता परीक्षण गरी सालमोनेल्ला र कोलिफार्म नभएको तथा आर्सेनिक अनुमतियोग्य सीमाभन्दा बढी नरहेको अभिलेख अनिवार्य रूपमा राख्नुपर्ने निर्देशिकामा उल्लेख छ ।  गाेरखापत्र दैनिक अनलाइन https://gorkhapatraonline.com/news/99370

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्