Wednesday, October 9, 2024
घरकृषिनगरभित्र अवैध रुपमा भित्रने भारतीय तरकारीलाई कडाइ गर्दै बर्दघाट नगरपालिका

नगरभित्र अवैध रुपमा भित्रने भारतीय तरकारीलाई कडाइ गर्दै बर्दघाट नगरपालिका

- Advertisement -spot_img

परासी, भदौ १८ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्थानीय किसानको उत्पादनलाई प्रोत्साहन गर्ने अभियान अन्तर्गत नगरभित्र भारतीय तरकारी आयातमा रोक लगाउन पहल थालेको छ। खुला रुपमा नगरभित्र अवैध रुपमा भित्रने भारतीय तरकारीलाई चेकजाँच गरी कडाइ गरेको छ ।

नगरपालिकाले पहिलो प्राथमिकता नगरका किसानको उत्पादन, दोस्रो स्वदेशी र तेस्रोमा वैधानिक तरिकाबाट आउने तरकारीलाई प्राथमिकता दिने गरी अनुगमन र चेकजाँचलाई कडाइ गरेको जनाएको छ । आइतबार भारतबाट अवैध रुपमा ल्याइएका तरकारी र मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो । नगरपालिकाले विशेषगरी साप्ताहिक हाटबजारमा विषादी परिक्षण नगरी अवैध रुपमा ल्याइएका तरकारीहरू बिक्री हुँदा एकातर्फ मानव स्वास्थ्यमा गम्भीर असर गर्ने र अर्कोतर्फ नगरभित्रका किसानका उत्पादनले बजार नपाउने समस्या भएपछि कडाइका साथ हरेक हाटबजारमा नगर प्रहरी परिचालन गरी निगरानी गरिने श्रेष्ठको भनाई छ । “हामीले किसानको स्थानीय उत्पादन खरिद बिक्री गर्न कृषि उपज तथा सङ्कलन केन्द्र स्थापना गर्ने तर निर्बाध रुपमा अवैध तरकारी आउँदा किसान मर्कामा परेको महसुस गर्‍यौ”नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।

अवैध रुपमा कारोबार गर्न कोही कसैलाई छुट नभएको नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनुभयो । उहाँले नगर भित्रका ठुला व्यापारीलाई नगरका किसानले उत्पादन गरेका बस्तुलाई पहिलो प्राथमिकता दिएर खरिद गरिदिनुपर्ने, आन्तरिक उत्पादनले नपुगे भारतीय तरकारी ल्याउनै परे वैधानिक तबरले ल्याएर बिक्री गर्नुपर्ने बताउनुभयो । नगरले आइतबार भारतबाट ल्याउँदै गरेका अवैध तरकारी बरामद गरी प्रहरी मार्फत भन्सार कार्यालय भैरहवा पठाइएको छ ।

भारतबाट अवैध रुपमा भित्रिने तरकारीका कारण वैधानिक रूपले भन्सार गरी ल्याई कारोबार गर्ने व्यापारीहरूले आफूहरू मर्कामा परेको गुनासो गर्दै आइरहेका छन् ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्