Thursday, January 16, 2025
घरअपराधनक्कली मह बिक्री गर्ने १३ जना पक्राउ

नक्कली मह बिक्री गर्ने १३ जना पक्राउ

- Advertisement -spot_img

टीकापुर, मङ्सिर १६ । गाउँ गाउँ घुमेर मह बेच्ने १३ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी बसपार्क नजिकैको आँधीखोला होटेल र न्यु मङ्गलासैनी होटेलबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट पाँच क्विन्टलभन्दा बढी मह बरामद गरेको छ ।

मह बिक्रेताहरूले मरेका मौरी, मौरीको चाका र मह अलगअलग भाँडामा  राखेको अवस्थामा फेला परेका छन् । मरेका मौरी र सुकेको चाका अलगअलग बाल्टीमा र मह प्लास्टिकका झोलामा राखेको पाइएको छ । उनीहरूले बिक्री गर्न लैजाँदा मह, महको चाका र मरेका मौरी एउटै भाँडोमा मिसाएर लैजाने गरेका छन् । महका चाकाहरू गुटका खाएर थुकेको बाल्टीमा पनि राखिएकाे भेटिएकाे छ । कोठा भाडामा लिएर मह बिक्रेता बसेका होटेलमा प्रहरीले खानतलासी सुरु गरेपछि केही जना भागेका प्रत्यक्षदर्शीले बताएका छन् । 

वर्षेनी यो सिजनमा नक्कली महको बिगबिगी हुने भएकाले मौरी पालक किसानहरूले गरेको निगरानीका आधारमा उनीहरू पक्राउ परेका हुन् । मङ्सिर १५ गते मह बेच्दै लम्कीचुहा नगरपालिका पुगेका विक्रेतालाई पछ्याउँदै गर्दा टीकापुर बसपार्कमा ठुलो मात्रामा नक्कली मह राखेको फेला पारेपछि प्रहरीलाई जानकारी गराइएको मौरी पालक किसान प्रदीप न्यौपानेले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन राजा बुढाथोकीले मह बिक्रीमा संलग्न १३ जनालाई पक्राउ गरी उनीहरूको साथमा रहेको मह पनि बरामद गरी परिमाण यकिन गर्न लागिएको र जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार कारबाही अघि बढाउने बताउनुभयो ।

मह बिक्रेतामध्येका एक गुलाबले मह सक्कली भएको र आफूहरूले तुलसीपुर, नेपालगन्ज र टीकापुर आसपासका गाउँहरूबाट सङ्कलन गरेर ल्याएको दाबी गर्नुभएको छ । Gorkhapatra Online

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्