काठमाडाैं, भदौ १६ । लगातार विकेट गुमाएर दबाबमा आएको भारतलाई इशन किशन र हार्दिक पाण्ड्याले सम्हालिरहेका छन् ।
पाकिस्तानविरुद्ध ६६ रनमा चार विकेट गुमाएर दबाबमा आएको भारतका लागि किशन र पाण्ड्याले साझेदारी बढाउँदै लगेका हुन् । भारतले २५ ओभरमा १२७ रन जोड्दा चार विकेट गुमाएको छ । यस क्रममा किशन ४७ र पाड्या ३१ रन बनाएर खेलिरहेका छन् ।
भारत रोहित शर्मा, विराट कोहली, श्रेयश ऐयर र शुभमन गिललाई गुमाएपछि पछि भारत दबाबमा आएको थियो । भारतका लागि रोहित ११, कोहली ४, ऐयर १४ र गिल १० रनमा आउट भएका हुन् ।
पाकिस्तानका लागि शाहीन शाह अफ्रिदी र हरिश रौफले समान दुई दुई विकेट लिएका छन् ।