Sunday, January 19, 2025
घरअपराधधनुषामा प्रहरीविरुद्ध एमालेको प्रदर्शन

धनुषामा प्रहरीविरुद्ध एमालेको प्रदर्शन

- Advertisement -spot_img

२ असार, जनकपुरधाम । धनुषामा नेकपा एमालेका कार्यकर्ताले प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् । एमाले कार्यकर्तालाई फसाउन खोजेको आरोप लगाउँदै केन्द्रीय सदस्य उमाशंकर अरगरिया नेतृत्वमा नेता कार्यकर्ताले जनकपुरधामको भानुचोकदेखि जिल्ला प्रहरी कार्यालयसम्म प्रदर्शन गरेका हुन् ।

शुक्रबार दिउँसो एक समूहले धनुषाका शिक्षा विकास तथा समनन्वय इकाइका प्रमुख युक्तप्रसाद शर्मालाई कालोमोसो दलेको थियो । सोही घटनालाई लिएर आफ्ना कार्यकर्तामाथि कारबाही अघि बढाउने संकेत पाएर एमालेले प्रहरीविरुद्ध प्रदर्शन गरेको स्रोतको दाबी छ ।

धनुषाका एमाले अध्यक्ष राजकिशोर यादवले प्रहरीले एमाले कार्यकर्तामाथि वैरभाव राखेको र विभिन्न घटनामा फसाउन खोजेकाले खबरदारी गरेको बताए । एमाले जिल्ला अध्यक्ष यादवले शर्माले अनियमितता र बदमासी गरेको पनि दाबी गरे ।

‘अनियमित काम बदमासी गर्दा प्रमुखलाई अज्ञात युवा समूहले कालोमोसो दले । यो घटनामा पनि एमालेका नेताकार्यकर्ता फसाउँन खोजेका छन् । अन्य घटनमा पनि एमाले नेता ताकी ताकी फसाउन खोज्छन्’ उनले भने । यादवले धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्का कांग्रेसको कार्यकर्ताजस्तो बनेको टिप्पणी गरे । …अनलाइन खबर बाट साभार

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्