काठमाडौँ,भदौं ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समय देश अत्यन्तै प्रतिकूल अवस्थामा रहेको बताउँदै युवा हस्तक्षेपको आवश्यकता रहेको बताए । त्यसका लागि परिपक्व पार्टी, परिपक्व साथ लिएर राष्ट्रिय अभियान चलाउन आवश्यक रहेको बताए । त्यसपछि मात्रै देश बनाउन सकिने उनको भनाई थियो ।
शनिवार काठमाडौँमा भएको बासँग बालबालिका कार्यक्रममा बोल्दै उनले विकास र सुशासनलाई हेर्ने हो भने देश नराम्रो अवस्थामा छ । जस्मा युवाको हस्तक्षेप आवश्यक रहेको अनि मात्र देश सुध्रिने भने । अध्यक्ष ओलीले भने– ‘अब युवा हस्तक्षेपको आवश्यकता छ, युवाहरूले यसमा हस्तक्षेप गर्नुपर्छ । त्यतिकै कुनै अनुभव नभएका मान्छेले आवेशमा देशको नेतृत्व गर्छन् भन्ने कुरा गलत हो । पानीमा नपसेको मान्छेले पौडी राम्रो खेल्छ भन्नु गलत हो । फुटबल ग्राउन्डमा नपसेको मान्छेले फुटबल राम्रो खेल्छ भन्नु गलत हो । त्यो सम्भव छैन, त्यसकारण जे सुकै कुराको लागि पनि अनुभव चाहिन्छ ।’
उनले अबको २० वर्षपछि नेपाल विकसित र दुनियाँलाई आकर्षित बनाउने बताए ।