Sunday, March 16, 2025
घरराजनीतिदेशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यकः शेखर कोईराला

देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यकः शेखर कोईराला

- Advertisement -

अनिला यादव परासी, मंसिर १५ । नेपलामा देखिएको भ्रष्टाचार लाई धपाउनु पर्ने नेपाली कांग्रेसका नेता डा.शेखर कोईरलाले बताएका छन् । देशलाई भ्रष्टाचारमुक्त बनाउन पाए मात्र देश विकासको गतिमा जानसक्ने नेता कोईरालाले भनेका छन् ।

शुक्रवार नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले आयोजना गरेको जिल्ला सम्मेलन कार्यक्रममा आएका नेता कोईरालाले नेपाली नागरिकहरु मा देखिएको निराशापनले देशको आर्थिक, समाजिक पक्षलाई सुधार गर्न संकेत गरेको बताएका छ्न । कृषि प्रधान देश भन्छौ तर किसानकै लागि ठुल–ठुला समस्याहरु रहेको छन् । देशमा देखिएको भ्रष्टचारले आमनगरिकको अनुहारमा खुशि छैन् । देशमा भ्रष्टाचार छ भन्छौ तर कहाँ देखि छ ? भन्ने कुरामा पुग्न नसकेकोे डा. कोईरालाको भनाई छ । स्थानिय तह आएपछि वडा र पालिकाबाट मात्रै भ्रष्टाचार भएकोे भनेका छौं । संघियता हटाउनका लागि तल बाट भ्रष्टाचार भएको धेरैले भनेका छन् । तर भ्रष्टाचार त केन्द्र देखि नै रहेको डा. कोईरालाको दाबि छ । संघियता विरोधीहरु ले मात्र स्थानिय तहमा भ्रष्टाचार भयो भनेर हाल्ला फिजाएका छन् । ठुलो–ठुलो भ्रष्टाचार केन्द्र बाटै रहेको उनले भनेका छन् । संघियता आयो तर अधिकार विहिन संघियताले देशमा परिवर्तन हुन नसकेको कोईरालाको भनाई छ । सबै अधिकार केन्द्रमै सिमित गरेर कसरी ? संघियताको अनुभुतिहुन्छ त्यसैले अधिकार सहितको संघिता लागु गर्न आवश्यक रहेको कोईरालो भनेका छन् ।

यसैविच नेता शेखर कोईरालाले गुटगत राजनिति गरेर नेपाली कांग्रेस सफल नहुने बताएका छन् । २०८४ सलाको लागि लिएको मिसन (लक्ष्य) लाई पुरा गर्न गुटगत राजनिति पार्टीबाट फाल्नुपर्ने बताएका छन् । अब आउने २०८४ सालको निर्वाचना नेपाली कांग्रेस एक्लै लड्नु पर्ने आवश्यकता देखिएको उनले भनेका छन् । पार्टीमा देखिएको विभिन्न आन्तरिक समस्यालाई समाधान गर्नका लागि पार्टीले एकपटक बसेर छलफल गरि योजना बनाएर अगाडि बढ्नुपर्ने उनेले बताएका छन् ।

आज भएको कार्यक्रमा कांग्रेसको देउवा पक्षाका नेता तथा केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल पक्षले बहिष्कार गरेको छ । उनले नेता शेखर कोईरालालाई समेत कार्यक्रममा नजान आग्रह गरेका थिए । यसै विच कार्यक्रलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले कांग्रेको कार्यक्रम बहिष्कार गर्ने लाई छुट नहुने बताएका छन् । पार्टीको विपरीत लाग्ने र ठुलठुला कुरा गरेर अब नचल्ने उन्ले भनेका छन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति आर्जुन पोखरेलको अध्यक्ष्तामा भएको कार्यक्रममा केन्द्रिय सदस्य दिपक गिरी,दिनेश कोईराला, लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन, महान्त्री विक्रम खनाल, भिम बहादुर थापा लगायतले कार्यक्रममा सम्बोधन गरेका थिए ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्