नवलपरासी, चैत्र ८ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा विकास भएको बताउनु भएको छ ।
पश्चिम नवलपरासीको परासीमा आयोजित नेपाली कांग्रेस नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रथम क्षेत्रिय सम्मेलन २०८१ लाई सम्बोधन गर्दै महामन्त्री थापाले देशमा केही विकास भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, “२०४६ सालपछि देशमा, स्वास्थ्य, शिक्षा, सड्क, कृषि सिंचाई, समाजिक, आर्थिक तथा भौतिक विकास भएको छ । हामिले सम्झीनुपर्ने मात्रै छ, देशमा केही विकास भएका,े केही मात्र गर्न बाँकी छ ।” देशका नागरिकहरु लाई विकासै नभएको भनेर भड्काउने काम भईरहेकोले अब हामि सबै सच्चिन आवश्यक रहेको उहाँले भन्नुभएको छ । हामि मोबाईल खेलाएर बस्छौ टिकटक र अन्य भिडियोमा कसैको कुरा सुन्दैमा देशमा विकास नभएको नभनौ, उहाँले भन्नुभएको छ । हामिले माओवादी द्धन्द्ध र राजाको शासनलाई एकपटक फर्केर हेरौं अनि देशमा परिवर्तन र विकास भएको छ कि छैन तपाई आँफै मुल्यांकन गर्नुहुन्छ थापाले भन्नुभयो । हाम्रो सुन्ने बानी हराएको छ । नागरिकका कुरा सुनौं असन्तुष्टिलाई सन्तुष्टिमा बदल्ने प्रयास गरौं देशका नागरिक यहि नै खोजेको छ । अहिले देशमा रहेका व्यथितिलाई बदल्नका लागि सरकार लागि परेको छ त्यसमा तपाईहरुको पनि साथ र सहयोगको आवश्यकता रहेको उहाँले भन्नुभएको छ ।

देश अहिले ८० को दशकमा आइसकेको हुनाले अब हामी सबैले हामि सक्छौ भनेर अभीयान नै चलाउनु पर्छ । किन की अहिले सम्मको अनवरत विकासमा नागरिकको नै भुमिका रहेकोले हामि सक्छौ भनेर अभीयान चलाउनु आवश्यक रहेको महामन्त्री थापाले बताउनु भएको छ ।