काठमान्डाैं, मंसिर २८ । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरूमा सुधार हुँदै गएको बताएका छन् । पर्यटककाे संख्यामा वृद्धि, रेमिट्यान्स बढ्रदै जानु र बैंककाे व्याजदर घट्दै जानु भनेकाे देशकाे अर्थतन्त्र सुधार भएकाे बताउँछ अर्थमन्त्री महतले बताए ।
उनले नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित औद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा अहिले अर्थतन्त्रका सबै सुचकहरूमा सुधार हुँदै गएको बताए । ‘अहिले अर्थतन्त्रका सूचकहरूमा सुधार हुँदै गएको छ, पर्यटकको वृद्धि हुँदै गएको छ, रेमिट्यान्स पनि बढ्दैछ, ब्याजदर घट्दै छ जस्ले गर्दा हामीले छलफल गरेर मौद्रिक नीतिमा पनि केही लचिलो बनाउन प्रयत्न गरेका छौं उनले बताए ।
त्यस्तै उनले भने देशकाे अर्थतन्त्र सुधार संगै बिस्तारै उद्योग व्यवसाय पनि सबल बन्दै जानेछ र श्रमिकहरू विस्थापित हुने अवस्था अन्त्य भइ श्रमिककको मागमा पनि वृद्धि हुँदै जाने छ । यस्तै अर्थमन्त्री महतले भने, ‘नेपालको अर्थतन्त्र विचमा समस्यामा थियो, अहिले हामी हटाउनमा लागेका छौँ ।’
यसैविच उनले बेरोजगारहरूलाई पनि रोजगारको अवसर सिर्जना गर्न ट्रेड युनियनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले श्रमिक र उद्योग व्यवसायीबीच निरन्तर वार्ता तथा सम्वादमार्फत एकअर्कालाई बुझ्नुपर्ने र सम्बन्धलाई सुमधुर बनाउनु पर्ने धारणा राखे । उनले सरकारले नेपालमा लगानी भित्र्याउनका लागि आगामी वैशाखमा लगानी सम्मेलन गरिने बताए । स्राेत (शिलापत्र अनलाइन)