Thursday, January 16, 2025
घरपर्यटनदेवघाटधामको विकासमा सरकारले सहयोग गर्छ: अर्थमन्त्री डा महत

देवघाटधामको विकासमा सरकारले सहयोग गर्छ: अर्थमन्त्री डा महत

- Advertisement -spot_img

दमौली, असोज २० गते । अर्थमन्त्री डा प्रकाशशरण महतले तनहुँको पवित्र धार्मिकस्थल देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने बताउनुभएको छ । 

तनहुँको देवघाट गाउँपालिका ५ स्थित गलेश्वर आश्रममा आज आयोजित कार्यक्रममा अर्थमन्त्री महतले देवघाट धार्मिक तीर्थस्थल भएकाले यहाँ पूर्वाधार निर्माणमा सरकारको सहयोग बताउनुभयो । 

सो अवसरमा अर्थमन्त्री महतले गलेश्वर आश्रम नजिक गएको पहिरोको अवलोकन गर्नुभएको थियो । पहिरो नियन्त्रणका लागि सरकारले बजेट सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटको विकास निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमा आवश्यक बजेट विनियोजन गरिदिन मन्त्री महतसमक्ष आग्रह गर्नुभयो । देवघाट विश्वभरका हिन्दू धर्मावलम्बीको गन्तव्यस्थल बन्दै गइरहेकाले यसलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा घोषणा गर्न थापाले महतको ध्यानाकर्षण गराउनुभयो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्