Sunday, January 19, 2025
घरसुस्तादुर्गम सुस्तालाई सुगम बनाएको झोलुङ्गे पुल

दुर्गम सुस्तालाई सुगम बनाएको झोलुङ्गे पुल

- Advertisement -spot_img

परासी, साउन २० । पश्चिम नवलपरासीको सुस्ताबासी अहिले खुसीको अनुभुति गरेका छन् । विकट सुस्तामा झोलुङ्गे पुल बनेपछि उनिहरु खुसी भएका छन् ।

पुल नहुँदा पश्चिम नवलपरासीको समतल भुभाग सुस्ता गाउँपालिका–५ सुस्ताबस्ती विकट ठाउँ जस्तै थियो । तर नारायणी नदीमा पुल बनेपछि भएपछि सुगम भएको सुस्ताबासीहरु बताउँछन् । २०७२ सालमा पुलको शिलान्यास गरी निमार्ण कार्य सुरु गरिएको थियो । २०७५ पुष मसान्त सम्म पुल निमार्ण सक्नुपर्ने भएपनि ६ वर्षपछि मात्रै पुल निमार्ण सम्पन्न भएको छ । कम्पनीले पटक–पटक काम छोडेर अलपत्र पारेपछि पुल निमार्णमा ढिलाई भएको हो । पुल बनेपछि सुस्ताबासीको अनुहारमा खुसीयाली समेत छाएको छ । सुस्तालाई तीन तिर (दिशा)बाट भारत र एकतिर नारायणी नदीले घेरेको छ । नारायणी नदीमा पुल नहँुदा सुस्ताबासीलाई सुस्ता दुर्गम जस्तै थियो । सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्ययले भन्नु भयो, सुस्तामा आधारभुत सेवाहरु पहिलैदेखि थियो । तर झोलुङ्गेपुल बनेपछि सुस्ता सुविधा सम्पन्न समेत भएको छ । नवनिर्मित झोलुङ्गे पुलले सुस्ताबासीलाई आउजाउ गर्न सजिलो भएको गाउँपालिका अध्यक्ष उपाध्ययले भन्नु भएको छ । नारायणीमा पुल नहुँदा नदी तर्न सुस्ताबासीलाई जोखिमपुर्ण यात्रा गर्नुपथ्र्यो । अहिले झोलुङ्गे पुल निमार्णपछि सहजता र सुस्तामा चहलपलह समेत बढेको छ । नारायणीमा पुल नहुँदा कयौंले उपचारको अभावमा ज्यान समेत गुमाएको स्थानीय रविन्द्र जैसवालले बताउनु भएको छ । पुल नहुँदा अचानक कुनै व्यक्ति विरामी पर्दा समान्य उपचारका लागी भारतीय बजार पुग्नुपर्ने बाध्यता हुन्थ्यो । त्यसबेला भारतीय सुरक्षा पक्षले धेरै प्रश्नहरु सोधेर मानसिक तनाव दिने काम गथ्र्यो । तर अहिले हामिलाई त्यो समस्या छैन् जैसवालले भन्नु भएको छ ।

सुस्ताकै ७० वर्षी सुखराम दासले झोलुङ्गे पुलबाट नदी तर्दै भन्नु भयो, “पुल नहँुदा धान वा गँहु पिसाउनका लागि भारतको विहार राज्य भेडिहारी जानुपथ्र्यो । त्यहाँ जाँदा विहान गएको मान्छे राती अवेर सम्म जंगलको बाटो फर्किनुपर्ने बाध्यता थियो । तर अहिले पुल बनेपछि हामि नेपाली भुमिकै प्रयोग गरि आफ्नो दिनचर्या चलाएर खुसी छौं ।” नेपलाकै सबैभन्दा लामो झोलुङ्गे पुल सुस्तामा निमार्ण भएको हो । उक्त पुलको लम्बाई एक हजार पाँच सय एकहत्तर मिटर रहेको छ । ९ वर्ष लगाएर त्रिशुली आश्रय जे.भी. कन्स्ट्रक्सन कम्पनीले झोलुङ्गे पुल निमार्ण सम्पन्न गरेको हो । पुल बनेपछि अहिले स्थानीयहरु आफ्नो दैनिकी, हाटबजार, व्यवसाय लगायतमा सहज भएको बताउँछन् । नरायणी नदीमा पुल नहँुदा सुस्ताका स्थानीयहरु जोखिमपुर्ण डुङ्गाको यात्रा वा भारतको विहार राज्यको बाटो प्रयोग गर्नुपर्ने अवस्था थियो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्