परासी, चैत १४ । भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भुमि सम्बन्धि समस्या दुईवर्ष भित्र समाधान हुने बताउनु भएको छ । लामो समय देखि अल्झीएको भुमिहिन सुकुम्बासी समस्यालाई संयुक्त सरकारले दुईवर्ष भित्र समाधान गर्ने बताउनु भएको छ ।
बुधवार पश्चिम नवलपरासीमा डुबान तथा सिमा क्षेत्रको अवलोकनमा आउनु भएका भुमि मन्त्री अधिकारीले चैत महिना भित्र आयोग बनाएर बैशाख भित्र कामको थाल्नी गर्ने बताउनु भयो । लामो समय देखि समाधान हुन नसको भुमि समस्यालाई अबको सरकारले छिट्ै निकास दिनेगरि समाधान गर्ने बताउनु भयो । उहाँले भन्नु भयो, “घरविहिन (वास नभएको) भएका नेपालीहरु लाई अबको दुईवर्ष भित्र मेरो घर बनाउने ठाउँ यो हो, र मेरो घर यो हो भनेर अधिकार प्राप्त गर्नेगरि अबको अयोगले निति नियम बनाँउदै छ ।” लामो समय देखि बस्ती बसेर पनि अधिकार तथा पुर्जा नपाएका विभिन्न कामहरु रोकिएको छ, त्यो अव छिट्टै समाधान गर्न कटिबद्ध रुपमा लाग्ने उहाँले बताउनु भयो । यसैविच उहाँले भन्नु भयो, सुकुम्बासीको नाममा जग्गा प्राप्ती गर्ने तर बेचेर अन्यत्र गईदिने चलन पनि रहेको छ । जसले गर्दा सुकुम्बासी समस्या समाधान हुन नसक्ने देखिएकोले सरकार अव नयाँ निति तथा नियम ल्याउने लागेको भन्नु भएको छ । जग्गा प्राप्ती पछि लामो समय सम्म बेच्न नपाईने सरकारले निति, नियम ल्याउन लागेको भुमि मन्त्री अधिकारीले बताउनु भएको छ । पछिल्लो गठबन्धन सरकारको आयोगले पनि धेरै कामहरु गरिसकेको हुनाले अब छिट्टै समाधान हुनेमा विश्वस्त रहेको उहाँले जानकारी पनि गराउनु भएको छ ।
पश्चिम नवलपरासीमा आउनु भएका मन्त्री अधिकारीले विभिन्न पालिकाहरु को क्षेत्रमा अवलोकन तथा स्थानीहरु संग भेटघाट गर्नु भएको छ । यसैविच सुस्ता गाउँपालिका १ बन्देविमा स्थानीयले भुमिहिन सुकुम्बासीकाे विवरण मन्त्री अधिकारीलाइ बुझाएका छन् । त्यस्तै प्रतापपुर र सुस्ता गाउँपालिकामा रहेको नदि उकासको समस्याको पनि समाधान गर्न स्थानीहरुले मन्त्री अधिकारी संग आग्रह गरेका छन् । त्यति वेलाको तत्कालिन समितिले गरेको कामको अधारमा नदि उकासको समस्या समाधान गर्न स्थानीयहरु ले अनुरोध गरेका छन् ।