Saturday, April 13, 2024
घरराजनीतिदाहाल र शर्माको राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी

दाहाल र शर्माको राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी

- Advertisement -spot_img

काठमाडौं, फागुन २८ गते । राष्ट्रिय सभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सोमबार संसद् भवन नयाँ बानेश्वरमा नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । सङ्घीय संसद्को निर्वाचन कार्यतालिका अनुसार दाहाल र शर्माले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा नेकपा (एकीकृत समाजवादी) का बेदुराम भुसाल हुनुहुन्छ ।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका किरणबाबु श्रेष्ठ हुनुहुन्छ । भोलि (मङ्गलबार) बस्ने राष्ट्रिय सभा बैठकमा निर्वाचन हुनेछ । गाेरखापत्र दैनिक अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्