परासी, असाेज २० । पश्चिम नवलपरासीको दाउन्नेमा भासिएको सड्क दुईतर्फी सञ्चालनमा आएको छ ।
शुक्रवार साँझ साढे ५ बजे जिल्लाको बर्दघाट नगरपालिका ४ दाउन्ने स्थित खुर्सानीखोलामा भासिएको सड्क आईतवार दिउसो ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनु भएको छ । शनिवार विहान साढे ९ बजे एकतर्फी सुचारु भएको उक्त बाटोको मर्मत कार्यलाई निन्तरता दिई आज दुईतर्फी सुचारु भएको उहाँले बताउनुको छ । शनिवार एकतर्फी सञ्चालनमा आएपनि मालवाहक सवारीसाधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाईएको थियो । आज बाटो दुईतर्फी सञ्चालनमा आएपछि सबै सवारीसाधन हिडेको बोहराले बताउनु भएको छ ।
बुटल–नारयणगढ निर्माण भईरहेको सड्क खण्ड दाउन्नेमा चुनौतिपुर्ण नै रहेको छ । केहि दिन अगाडि परेको अविरल वर्षाले दाउन्नेको खुर्सानीखोलामा दुईपटक सड्क भासिएको छ । अहिले पनि उक्त सड्क भासिन सक्ने जोखिम कायम नै रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।