परासी, असोज १५ । पश्चिम नवलपरासीको दाउन्नेमा भासिएको सड्क दुईतर्फी सुचारु भएको छ ।
आज दिउसो ११ बजेदेखि बाटो दुईतर्फी सुचारु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनु भएको छ । विहान ९ बजे एकतर्फी सुचारु भएको उक्त बाटो मर्मतको कार्यलाई निन्तरता दिई आजै दुईतर्फी सुचारु भएको बोहराले बताउनु भएको छ । सड्क अवरुद्ध भएर यात्रुहरू अलपत्र परेपछि राति ११ बजेदेखि नै सड्क मर्मत गर्ने कार्य सुरू गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र फुयालले बताउनु भएको छ ।सड्क डिभिजन कार्यालय , जिल्ला प्रशासन कार्यालय नवलपरासी र सुरक्षा निकायका सम्पूर्ण टोली उक्त स्थानमा पुगेर मर्मत कार्य सुरू गराएको उपरीक्षक फुयालले बताउनु भयो ।
अविरल वर्षाका कारण बर्दघाट नगरपालिका ४ खुर्सानीखोला स्थित दाउन्ने जंगलमा पुर्वपश्चिम मुख्य राजमार्ग नै भासिएको छ । आज साँझ ५ बजेको समयमा सड्क भासिएपछि उक्त बाटो पुर्णरुपमा अवरुद्ध भएको हो ।