परासी , असोज १४ । पश्चिम नवलपरासीको दाउन्नेमा भासिएकोको सड्कको मर्मत कार्य सुरू भएको छ ।
सड्क अवरुद्ध भएर यात्रुहरू अलपत्र परेपछि राति साढे ११ बजेदेखि नै सड्क मर्मत गर्ने कार्य सुरू भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ९एसपी ० ज्ञानेन्द्र फुयालले बताउनु भएको छ । सड्क डिभिजन कार्यालय , जिल्ला प्रशासन कार्यालय नवलपरासी र सुरक्षा निकायका सम्पूर्ण टोली उक्त स्थानमा पुगेर मर्मत कार्य सुरू गराएको उपरीक्षक फुयालले बताउनु भएको छ ।
अविरल वर्षाका कारण बर्दघाट नगरपालिका ४ खुर्सानीखोला स्थित दाउन्ने जंगलमा पुर्वपश्चिम मुख्य राजमार्ग नै भासिएको छ । आज साँझ ५ बजेको समयमा सड्क भासिएपछि उक्त बाटो पुर्णरुपमा अवरुद्ध भएको हो ।
पुर्व(पश्चिमको मुख्य बाटो नै दाउन्ने भएको हुनाले सड्क अवरुद्घ सयौँ सवारीसाधनका यात्रुहरू अलपत्र परेका छन् । सड्कको मर्मत गरेर भोलि विहानै देखि समान्य रूपमा संचालनमा ल्याउने तयारी रहेको प्रहरी उपरीक्षक फुयालले भन्नू भएको छ ।