परासी, वैशाख ३० । पुर्व–पश्चिको महेन्द्र राजमार्ग अन्तर्गत पर्ने दाउन्ने क्षेत्रमा तत्काल बाटो अवरुद्ध बनेको छ । दाउन्नेमा बाटो हिलामय बनेपछि बाटो अवरुद्ध संगै ठुलो गाडीहरु प्रवेश गर्र्न रोक समेत लगाईएको छ ।
विहान साढे ८ बजे सम्म एकतर्फी सानो गाडीहरु चल्ने पाएपनि अहिले बाटो अवरुद्ध भएको छ । आज विहानदेखि परेको वर्षाले पश्चिम नवलपरासीको दाउन्नेमा सड्क हिलामय भएपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका नवलपरासीका प्रहरी उपरिक्षक काजी कुमार आचार्यले बताउनु भएको छ । निमार्णधिन बुटवल– नगरायगढ सड्कको दाउन्ने क्षेत्रमा काटिएको पहाडहरु वर्षाले हिलामय बनेपछि बाटो अवरुद्ध हो ।
हिलामय सड्कमा ठुल–ठुला गाडीहरु चिप्लीने भएको हुनाले ठुला गाडीलाई बर्दघाटमै रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।