Sunday, January 19, 2025
घरराजनीतिदलित समुदायमाथि अहिले पनि भेदभाव र दमन भइरहेको छः सांसद विश्वकर्मा

दलित समुदायमाथि अहिले पनि भेदभाव र दमन भइरहेको छः सांसद विश्वकर्मा

- Advertisement -spot_img

काठमान्डाैं, भदाैं २ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले दलित समुदायमाथि अहिले पनि विभिन्न बहानामा भेदभाव र दमन भइरहेको बताउनुभएको छ ।

आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार दलित समुदायमाथि भइरहेको भेदभावमा गम्भीर बन्न नसकेको बताउनु भयो । उहाँले दलितलाई विभिन्न बहानामा परम्परागत सोच र शैलीले थिचेर राखेको बताउनु भयो । उहाँले सरकारमा दलित समुदायको शुन्यता रहेको बताउनु भयो । उहाँले मन्त्रीपरिषद्मा बस्नेसमेत अधिकार नभएको राज्यमन्त्री बनाएर सरकारले दलित समुदायमाथि अझ अपमान गरेको बताउनु भयो । उहाँले अधिकारमा सिमित राज्यमन्त्री बनाएर थप अपमानित गराउनु भन्दा नबनाएको भए नै राम्रो हुने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘आज दलितलाई विभिन्न यो वा त्यो बहानामा भेदभाव र दमन भइरहेको छ । हामीले हरेक गाउँमा, हरेक टोलमा हरेक जिल्लामा देखिरहेका छौँ । जहाँ कुटपिट, अपहरण, हत्या, बलात्कार जस्ता जघन्य अपराध भइरहेका छन् र त्यसले न्याय पाइरहेको छैन । हामीले पटक पटक भन्ने गरेका छौँ । यस विषयमा सरकार गम्भीर भएको छैन । आज दलितलाई विभिन्न बहानाहरुमा फेरि पनि उही ढंगको परम्परागत सोच र शैलीले थिचेर बाध्य पारिएको छ । यसलाई कसरी न्युनिकरण गर्ने भन्ने विषयमा सरकारको ध्यान जाओस् । सरकारमा दलित समुदायको शुन्यता छ । क्याबिनेटमा बस्नेसमेत अधिकार नभएको राज्यमन्त्री बनाएर सरकारले अझ दलित समुदायमाथि अपमान गरेको छ । अधिकारमा सिमित राज्यमन्त्री बनाएर थप अपमानित गराउनु भन्दा नबनाएको भए नै राम्रो हुन्थ्यो ।’

सांसद विश्वकर्माले नीति निर्माणका उच्च ओहोदामा दलित समुदायलाई नियुक्ति गर्न सरकारसँग माग गर्नुभयो । —न्युज एजेन्सी नेपाल

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्